Lite Nepal

आइतबार, आषाढ ०६, २०७८

झापा । व्यावसायिक पशुपालन गरिरहेका शिवसताक्षी ६ का अधिकांश कृषकको पशु बिमा गराइदिएपछि वडा कार्यपालिकासंग उनीहरू खुसी छन् ।

वडामा जुनसुकै योजना संचालन हुन्छन् अन्य वडा भन्दा विल्कुलै फरक हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

वडा अध्यक्ष मनोज खुलाल कार्कीले पशुपालनमा प्रोत्साहन र वडाका बासिन्दाको आयआर्जन बृद्धि गराउन राहतका कार्यक्रम ल्याएपछि अब किसान पशुपालनमा आकर्षीत भए ।

वडामा ‘एक घर एक पशु बिमा’ कार्यक्रम लागु भएको छ । यो कार्यक्रम जिल्लामा संभवत पहिलो हो । किसान भन्छन् , ‘वडाले चौपायाको बिमा गरेपछि अब गोठैभरी पशु पालेर आयआर्जन बढाइन्छ ।’

स्थानीय ओमप्रकाश गुरुङ भन्छन् ‘हाम्रा वडा अध्यक्षले ल्याएका हरेक कार्यक्रम डिप्लोमेटिक छन् ।’

वडाले सार्वजनिक सूचना प्रकाशित गरेर ‘एक घर एक पशु बिमा’ कार्यक्रममा सहभागी हुन वडाका बासिन्दालाई आव्हान गरको थियो ।

वडा अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार वडाको यो कार्यक्रममा १६० घर परिवारका सदस्य सहभागी भएका छन् ।

सहभागी भएका मध्ये किसानले गाई, भैसी, बाख्रा, बंगुर लगायतका पशुको विमा गरेको वडा अध्यक्ष खुलालले बताए । पशुको बिमा गरेबापतको लाग्ने शुल्क वडा कार्यलयले विम कम्पनीलाई भुक्तानी दिन्छ ।

शर्मिला विकले पालेको भैंसि डेढलाख मुल्यको छ । पशु प्राविधिकको सिफारिसमा १ लाख मुल्यको भैसिको बिमा उनले गराईन् ।

१ लाख ५० हजारमा गत वर्षमात्र छिमेकीबाट किनेर ल्याएकी शर्मिलाकोे भैसिले दिनमा १६ लिटर दुध दिन्छ । उनले २ लिटर दुध घरमा खपत हुने र बाँकी १४ लिटर दुध बजारमा बिक्रीका लागि लैजाने गरेको बताईन् ।

‘यत्रो मुल्य हालेर भैसि किनेको छु । थम कदाचित भैंसि मरिहाल्यो भने त मेरो लगानि चुर्लम्म डुविहाल्छनी, उनले भनिन् ‘रिक्स कभरका लागि बिमा गरेकी हुँ । विमा गरेपछि कम्पनीले रिक्स व्यहोर्छ नी ।’

वडाको ठगबस्तीका अधिकाँस किसानका घरमा उन्नत जातका गाई छन् । २२ लिटर सम्म दुध दिने खालका गाई किसानले पालेका छन् ।

चन्द्रडाँगी विउविजन केन्द्रमा केहि वर्ष पहिले नश्ल सुधारका लागि राखिएको विउ साढेका कारण बस्तीमा उन्नत जातका गाई पालन फस्टाएका छन् । उक्त बिउ साँढे यतिवेला मासिएको छ ।

भानुभक्त निरौलाका घरमा होलिस्टेन क्रस जातको गाई छ । बजारमा ९५ हजार सम्म मुल्य पर्न जान्छ । शनिबार वडा कार्यलयबाट खटिएको टोलीले गाईको ७५ हजारको बिमा गर्यो ।

भानुभक्तले भने, ‘विमा गरेबापतको लाग्ने शुल्क वडाले तिरिदिएपछि किसानको दुबै हातमा लड्डु पर्यो । नत विमा रकम तीर्नु पर्यो नत कुनै रिक्स नै लिनु पर्यो ।’ ‘डिप्लोमेटिक’ वडा अध्यक्ष भएकैले किसानले राहत पाएका हुन् ।’

निरौलाका अनुासर, गाईको बिमा गर्नुहोस् भन्दै पहिला धेरै विमा कम्पनी आएका थिए । कुरा नबुझिएपछि किसानले बिमा गरेनन् ।

निरौलाले भने, ‘वडाले कुरा बुझाएर आफै विमा गरिदिएपछि वडाको योजना हाम्रा लागि निकै फलदायी बन्यो ।’ वडाका किसानले पालेका पशुको विमा एनएलजी कम्पनीले गरिरहेको छ ।

कम्पनीका अभिकर्ता लक्ष्मीप्रसाद नेपालले भने, ‘वडाका १६० पशुको विमा भएको छ ।’ पशुको स्वास्थ्य परिक्षण स्थानीय पशु प्राविधिक प्रेमबहादुर पौडेलले गरेको वडा कार्यालयले जनाएको छ ।

वडाले आव्हान गरेको सूचना र किसानले दिएको निवेदनका आधारमा किसानले पालेका पशुको विमा गरिएको हो । यो कार्यक्रमका लागि वडाले चालु आवमा १ लाख बजेट वडा सिलिङ्गबाट छुट्याएको थियो ।

त्यै रकमबाट योजना संचालन भएको वडा अध्यक्ष खुलाले बताए । उनका अनुसार किसानको हौसला र उत्साहले आगामी वर्षमा पनि यो कार्यक्रमले निरन्तरता पाउने छ ।

गाउँगाउँमा वडा अध्यक्ष सहित पशु बिमाका लागि बिमा कम्पनी किसानको गोठगोठमा पुग्ने गरेका छन् । घरघरै पुगेर वडाले आफ्ना नयाँ कार्यक्रमबारे जानकारी गराउन थालेपछि किसानपनि पशु बिमाप्रति आकर्षित हुन थालेको वडा अध्यक्ष खुलालले बताए । निवेदन गर्न छुटेकाको दाँतमा ढुँगा लागे जस्तो भएको स्थानीयले बताए ।

पशु बिमा गरेपछि एक वर्षभित्र पशु मरेमा बिमाङ्कको ९० प्रतिशत रकम कम्पनीले किसानका घरमै पुगेर दिन्छ ।

व्यावसायिक रूपमा पशुपालक किसानले बिमा गरेपछि पशुमा लाग्ने महामारी रोगबाट हुने क्षतिको सामना गर्नु पर्दैन । व्यवसायमा गरेको लगानी खेर जानबाट जोगिन पशुमा गरेको बिमा धेरै प्रभावकारी भएको किसानको भनाइ छ ।

बिमा गरेका पशु दुर्घटना, रोग तथा महामारीबाट मरेको खण्डमा बिमा कम्पनी घरमै पुगेर दाबी भुक्तानी दिने कम्पनीका एनएलजी कम्पनीका प्रतिनिधि लक्ष्मीप्रसाद नेपालले बताए ।

पशुपालनको जोखिम घटाउन, किसानलाई पशुपालन तर्फ प्रोत्साहन गर्न, नश्ल सुधार गर्न, वडालाई दुध, दहि मोहीम आत्मनिर्भर बनाउनका लागि वडामा बिमा कार्यक्रम संचालन गरिएको वडा अध्यक्ष खुलाले जानकारी दिए ।

पशु बिमा गर्दा बिमा कम्पनीले सिरियल नम्बरसहितको ट्याग पशुका कानमा लगाइदिन्छन् । बिमा दाबी भुक्तानी लिन किसानले पशु मरेको बारे तीन दिनभित्र कम्पनीमा जानकारी दिनुपर्ने कानुनी व्यवस्था छ ।

मरेको पशु गाढेको वा जलाएको प्रमाणसहित पशु प्राविधिकको सिफारिश पत्र कम्पनीमा पेश गरेपछि कम्पनीले दाबी भुक्तानी दिने व्यवस्था छ ।

‘बिमा प्रक्रियाबारे नबुझेर कतिपय किसान अलमलमा परेको शिवसताक्षी नगरको पशु स्वास्थ्य साखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा