Lite Nepal

सोमबार, आषाढ ०७, २०७८

विराटनगर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले सीमा क्षेत्रबाट भारत तर्फ हुने तेल तस्करी रोक्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

आइतबार विराटनगरमा झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहाका प्रमुख जिल्ला अधिकारीलाई राखेर मन्त्री यादवले यस्तो निर्देशन दिएका हुन् ।

‘नेपालमा भन्दा भारतमा पेटोलियम पदार्थ महँगो छ, यहाँ आएर पुनः उता तस्करी हुने गरेको सुनेको छु,’ उनले निर्देशन दिदै भने ‘सिमा क्षेत्रबाट हुने तस्करी रोक्नुप¥यो ।’

पहिले प्रमुख जिल्ला अधिकारीहरु सँग आपुर्तिको विषयमा जानकारी लिएका मन्त्री यादवले सीमानामा कडाई गर्न र आपुर्तिलाई सहज बनाउन समेत उनिहरुलाई निर्देशन दिए ।

‘आपुर्ति रोकिनु भएन, प्रकृया पुरा गरेर मात्रै ल्याउन दिनुहोस, चोरीका र भन्सार छलेका सामान बजारमा हुनुभएन,’ उनले भने ‘बजारको अवस्था र आपुर्ति व्यवस्था म ठिक चाहन्छु ।’

मन्त्री यादवको प्रमुख जिल्ला अधिकारीहरुसँगको छलफल सिमानाबाट हुने चोरी निकासीमा केन्द्रित रहेको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए ।

‘उहाँले आपुर्तिको अवस्थाको विषयमा जानकारी लिनुभयो र हामीलाई केही निर्देशन दिनुभयो,’ प्रजिअ निरौलाले भने ‘आपुर्ति र बजारमा हुने कालोबजारी रोक्न निर्देशन आएको छ ।’

मन्त्री यादवले बजारमा हुने कालोबजारी र कर छलि नियन्त्रणमा आफ्नो संयन्त्र मार्फत निगरानी गर्न सबै प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गरेका थिए ।

मन्त्री भएपछि पहिलो पटक विराटनगर आएका मन्त्री यादवले बजार, आपुर्ति र वाणिज्य क्षेत्रको सुधारमा आफ्नो ध्यान केन्द्रित रहेको उल्लेख गरे ।

नयाँ सरकार बनेको अबस्थामा नागरिकसँगको सम्बन्धमा पनि ध्यान दिनु पर्ने भएकोले नागरिकका समस्या पनि काम गर्न सहयोगी वस्तु बन्ने भएकाले यसमा ध्यान पु¥याउनु पर्ने उनको भनाई थियो ।

विराटनगर औद्योगिक क्षेत्र भएकाले उद्योगको विकास र विस्तारमा सरकारको प्राथमिकता रहेको मन्त्री यादवले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा