Lite Nepal

मंगलबार, आषाढ ०८, २०७८

काठमाडौं । चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको लागि पायक पर्ने केन्द्र रोज्न चिकित्सा शिक्षा आयोगले विद्यार्थीहरुलाई आग्रह गरेको छ ।

आयोगले आगामी १० गते परीक्षा केन्द्र सार्वजनिक गर्दै छ । परीक्षा केन्द्र सार्वजनिक हुनुअघि आयोगले सोमबार सूचना जारी गर्दै आफूलाई पायक पर्ने केन्द्र रोज्न आग्रह गरेको हो ।

कोरोना संक्रमण जोखिमको कारण चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षा उपत्यका बाहिर समेत परीक्षा केन्द्र कायम गरी परीक्षा सञ्चालन गर्ने तयारी गरिएको सूचनामा उल्लेख छ ।

डाटाबेस तयारीका लागि चैत ३ गतेको सूचना अनुसार आवेदन पेश गरेका सम्पूर्ण आवेदकहरूले आगामी असार ९ गते बिहान १० बजेदेखि असार १० गते अपरान्ह पाँच बजेसम्म आयोगको अनलाइनमा दिइएको केन्द्र मध्ये आफूलाई पायक पर्ने परीक्षा केन्द्र छनोट गर्न भनिएको छ ।

एक भन्दा बढी शैक्षिक कार्यक्रममा आवेदन दिने उम्मेद्वारले आफूले आवेदन दिएका प्रत्येक शिर्षक कार्यक्रमका लागि छुट्टाछुट्टै चेक योर स्टेटसमा लगइन गरी सबै शैक्षिक कार्यक्रमको एउटै परीक्षा केन्द्र छनोट गर्नुपर्ने जनाएको छ ।

उम्मेद्वारले छनोट गरेको स्थानमा केन्द्र कायम गर्ने÷नगर्ने सम्बन्धमा उत्पन्न परिस्थितिको अवस्था विश्लेषणपछि मात्र निर्णय हुने र परीक्षार्थीको परीक्षा केन्द्र विवरण प्रवेश पत्रमा उल्लेख हुने आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं