Lite Nepal

मंगलबार, आषाढ ०८, २०७८

झापा । झापाको भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । दमक नगरपालिकाको स्वास्थ्य शाखाले दुई दिन अघि दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा गरिएको परीक्षणमा सो सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

शिविरमा बसोबास गरिरहेका ३१ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य शाखा अधिकृत बद्री बरालले जानकारी दिए ।

सङ्क्रमण पुष्टि भएका सबैलाई आवश्यक औषधिसहित होम आइसोलेसनमा बस्न अनुरोध गरिएको उनले जानकारी दिए ।

यसैगरी कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म शिविरमा पाँच जनाको मृत्यु भइसकेको छ भने कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका तर परीक्षण नगरिएका अन्य केही व्यक्तिको पनि मृत्यु भएको अनुमान गरिएको शिविरका पूर्वसचिव युवराज साङ्पाङले बताए ।

शिविरमा बढ्दै गएको कोरोना सङ्क्रमणको नियन्त्रणका लागि सरोकारवाला निकायले तत्काल ध्यान दिनुपर्ने भुटानी शरणार्थी अपाङ्ग सङ्घकी अध्यक्ष देवीमाया गुरुङले बताइन् ।

यसैबीच शिविरका १० जना सङ्क्रमित परिवारलाई शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संस्था ९यूएनएसीआर० र विश्व लुथरन फेडरेशनको सहयोगमा चामल, तेललगायत खाद्यान्नसहित सरसफाइसम्बन्धी सामग्री प्रदान गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं