Lite Nepal

मंगलबार, आषाढ ०८, २०७८

विराटनगर । बुधबारदेखि सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजहरूबाट मात्रै कोभिड संक्रमितको निशुल्क उपचार हुने भएको छ ।

सरकारले कोभिड संक्रमितको निशुल्क उपचारका लागि सम्झौता गरेका निजी अस्पतालहरूलाई कोभिड अस्पताको सूचीबाट हटाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलीदेखि लागु हुनेगरी यस्तो निर्णय गरेको जनाएको हो ।

यसअघि कोभिड संक्रमितको निशुल्क उपचारका लागि सम्झौता गरिएका अस्पतालहरूलाई आजसम्म अस्पताल भर्ना भई उपचाररत संक्रमितहरूको आजकै मितिले दस दिनसम्मको मात्रै सोधभर्ना रकम उपलब्ध गराउने पनि जनाएको छ ।

साथै सबै निजी अस्पतालहरूलाई सरकारले तोकेको दररेटभन्दा बढी शुल्क लिएर संक्रमितको उपचार नगर्नसमेत मन्त्रालयले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं