Lite Nepal

मंगलबार, आषाढ ०८, २०७८

काठमाडौं । राजेन्द्र महतोको नागरिकता छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

सर्वोच्च अदालतको आदेश बमोजि मंगलबारदेखि पदमुक्त भएका उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री महतोको नागरिकता छानबिन गर्न माग गर्दै मंगलबार अधिवक्ताहरु वीरभद्र जोशी, तुलसीराम पराजुली र अनिता बजगाईंले अख्तियारमा उजुर हालेका हुन् ।

उपप्रधानमन्त्री भएलगत्तै ‘बहुल राष्ट्र’ को नारा अर्जाप्दै आएका महतोको उक्त अभिव्यक्तिविरुद्ध चौतर्फी विरोध भएको थियो र अहिले पनि भइरहेको छ ।

सोमबार महतोलाई सिंहदरबार प्रवेशमा निषेध गर्नुपर्ने माग गर्दै नयाँ पार्टीले सिंहदरबारको दक्षिण गेटमा पर्चा नै टाँसेको थियो ।

त्यसको भोलिपल्ट आज (मंगलबार) दिउँसो सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा सहभागी भएका २० जना मन्त्रीलाई पदमुक्त गरेको छ । जसमा उनी पनि परेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं