Lite Nepal

बुधबार, आषाढ ०९, २०७८

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या तीन करोड नाघेको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३ करोड २८ हजार ७०९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ५० हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् ।

यस्तै भारतमा अहिलेसम्म कोरोनाको संक्रमणको कारण ३ लाख ९० हजार ६६० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण १ हजार ३५८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भारतको केरलामा कोरोनाका नयाँ संक्रमितको संख्या १२ हजारभन्दा बढी देखिएको छ भने महाराष्ट्रमा ८ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

यस्तै तामिलनाडुमा पनि नयाँ संक्रमितको संख्या ६ हजारभन्दा बढी छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ६ लाख ४३ हजारमा झरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं