विराटनगर । मोरङको रंगेलीमा बुधबार दिउँसो परेको चट्याङ् लागेर एक जनाको मृत्यू भएको छ । चार जना घाइते भएका छन् ।
रंगेली नगरपालिका ६ मलङ्गथानमा रहेको पिठारीको रुख मुनि सितल छहारीमा गफ गरी बसिरहेको अवस्थामा अचानक चटयाङ्ग पर्दा गम्भिर घाईते भएका सोही स्थानका २० बर्षीय नितेस रायको रंगेली अस्पतालमा पु¥याउन साथ मृत्यु भएको हो ।
सोही स्थानका ४५ बर्षीय अशोक मण्डल, १७ बर्षीय बिजय मण्डल, २२ बर्षीया संगिता राय, र २७ बर्षीय रबिन मण्डल घाईते भएका हुन् । घाईतेहरुको रङेली अस्पतालमा उपचार भईरहेको छ ।