Lite Nepal

बिहिबार, आषाढ १०, २०७८

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको ६४ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित ‘राष्ट्रिय कविता महोत्सव–२०७८’मा भोजपुरकी कविता राई प्रथम भएकी छन्।

बुधबार भर्चुअल माध्यमबाट भएको कविता महोत्सवमा छनोट भएका ४० कविलाई पछि पार्दै कविता प्रथम भएकी हुन्। उनको ‘देशको नक्सा’ बोलको कविता प्रथम भएको छ।

त्यसैगरी अमृता स्मृति द्वितीय, सविता बराल, निरञ्जनाकुमारी चन्द र प्रकाश सिलवाल तृतीय भएका छन्।

प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्ययका अनुसार द्वितीय स्मृति धादिङकी हुन् भने तृतीय भएका बराल, चन्द र सिलवाल क्रमस ताप्लेजुङ, बर्दिया र नुवाकोटका हुन्।

कोरोना महामारीका कारण प्रज्ञा प्रतिष्ठानले भर्चुअल माध्यमबाट कविता महोत्सव गरेको हो।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ४० हजार र तृतीयलाई ३०-३० हजार र सम्मानपत्रले पुरस्कृत गरिने छ।

कार्यक्रमको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्दै प्रज्ञा-प्रतिष्ठानको ६४ औँ वार्षिकोत्सव तथा कविता महोत्सवको दिन नेपालको वाङ्मय क्षेत्रको विशिष्ट दिन भएको र यो महाकवि लक्ष्मीप्रसाद देवकोटाका परिकल्पनामा युगकवि सिद्धिचरण श्रेष्ठका थालनी भएको बताए।

प्रतिष्ठानका सदस्य सचिव उपाध्यायले बन्दाबन्दी र निषेधाज्ञाका फुर्सदिलो समयमा साहित्यकार झनै राम्रा सिर्जना तयार गर्न सफल भएको बताए।

प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा संञ्चार संयोजक शशी लुमुम्बुले महोत्सवमा ७६४ जनाले सहभागिता जनाएकामा अन्तिम प्रतियोगिताका लागि ४१ कविता छनोट गरिएकामा स्वदेश बाहिर रहेका आठ र देशका २० जिल्लाबाट प्रतियोगितामा सहभागिता जनाइएको जानकारी दिए। जसमध्ये भुटानबाट भानु ढुंगाना कविता वाचनमा सहभागी भएनन् ।

वार्षिकोत्सवका अवसरमा प्रज्ञा-प्रतिष्ठानका १५ कर्मचारीलाई जनही ३० हजारसहित दीर्घसेवा पदकबाट सम्मानित गरियो ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं