Lite Nepal

बिहिबार, आषाढ १०, २०७८

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत संयुक्त संघर्ष समितिले प्रतिष्ठानमा देखिएका समस्या हल गरिदिन भन्दै इलाका प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।

चिकित्सा शात्रका विद्यार्थीको सिकाइ अनि जनताहरूको जीवन र स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने र असर पर्ने मुद्दाहरूलाई द्रुत गतिमा छानविन गरी दोषी ठहर भए कारबाही गर्न सम्बद्ध निकायलाई प्रधानमन्त्रीबाट निर्देशन भएमा प्रतिष्ठानले एउटा नयाँ जीवन पाउने भन्दै ज्ञापनपत्र बुझाइएको संघर्ष समितिका संयोजक डा एसपी रिमालले बताए ।

प्रतिष्ठानमा देखिएका समस्या हल गर्न निर्णायक पहलकदमी चाल्ने दायित्व प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपतिको हुने भएकोले ज्ञापनपत्र बुझाइएको उनले बताए ।

प्रतिष्ठानको शुद्धिकरणका लागि भन्दै संघर्ष समितिले बिगत एक हप्तादेखि आन्दोलन गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं