Lite Nepal

बिहिबार, आषाढ १०, २०७८

विराटनगर । प्रदेश १ मा विहीवार ६१९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५६ महिला र ३६३ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५८ हजार ४७७ पुगेको छ ।

प्रदेश १ मा विहीवार ३८३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १२७, सुनसरीमा १२४, झापामा ८२, उदयपुरमा १८, धनकुटामा ७, इलाममा ४, पाँचथर, सोलुखुम्वु, संखुवासभा र भोजपुरमा २–२, खोटाङमा १ र प्रदेश १ बाहिरका १२ जनामा ससंक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ६४, सुन्दरहरैचामा २०, बुढीगंगामा ११, बेलबारी र लेटाङमा ५–५, कटहरीमा ४, उर्लाबारी, पथरीशनिश्चरे र रतुवामाई ३–३, धनपालथान, मिक्लाजुङमा २, सुनबर्षी, केराबारी, ग्रामथान, रंगेली, कानेपोखरी र जहदामा १–१, सुनसरीको धरानमा ४७, इटहरीमा ४६, बराहक्षेत्रमा ९, दुहवीमा ७, रामधुनी र स्थानीय तह नखुलेका ५–५, बर्जुमा ३, इनरुवामा २, झापाको विर्तामोडमा १९, दमकमा १६, मेचीनगरमा ११, अर्जुनधारामा १०, भद्रपुरमा ८, शिवसताक्षीमा ६, बुद्धशान्ति, कनकाई र कमल गाउँपालिकामा ३–३, नखुलेका २ र बा¥हदशीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको त्रियुगामा १२, चौदण्डीगढीमा , उदयपुरगढीमा २ र स्थानीय तह नखुलेका १, धनकुटाको धनकुटा नगरपालिकामा ३, महालक्ष्मी, पाख्रिवास, शहिदभूमी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा २, चुलाचुली र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, सोलुखुम्वुको थुलुङ दुधकोशीमा २, संखुवासभाको सभापोखरी र धर्मदेवीमा १–१, भोजपुरमा २, खोटाङको दिक्तेल रुपाकोटा मझुवागढीमा १ र प्रदेश १ बाहिरका १२ जनामा ससंक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६९ हजार ६०७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९ हजार ९८३ रहेको छ । प्रदेश १ मा विहीवार १ हजार २८० जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये २०१ म्हिला र १८२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा