Lite Nepal

शुक्रबार, आषाढ ११, २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ ।

निर्वाचन आयोगले शुक्रबार सूचना जारी १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो ।

पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् ।

७ असारमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको थियो ।

त्यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

सोही अधिकारअनुसार माओवादी केन्द्रले निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको थियो ।

तर, आयोगले केन्द्रीय समितिको बैठकले कारबाहीको निर्णय नभएको भन्दै दल त्यागको सूचना जारी गरेको थिएन ।

त्यसपछि ७ असारमा भर्चुअल विधिबाट केन्द्रीय समितिको बैठक बसेर माओवादीले उनीहरुलाई पार्टीबाट निष्कासित गरिएको निर्णयलाई औपचारिकता दिएको थियो ।

सोही दिन माओवादी केन्द्रका नेताहरुले निर्वाचन आयोगलाई पद रिक्त भएको सूचना जारी गर्न ताकेता दिएको थियो ।

यी हुन् पद गुमाएका जनप्रतिनिधिहरु

१. प्रमुख रिना कुमारी साह मौलापुर न.पा. रौतहट

२. प्रमुख सियाराम कुशवाहा कटहरिया न.पा. रौतहट

३. उप्रमुख परनिया देवी देवाही गोनाही न.पा. रौतहट

४. उप्रमुख गौरिशंकर प्रसाद मैलापुर न.पा. रौतहट

५. उप्रमुख कान्ति देवी फतुवाविजयपुर न.पा. रौतहट

६. उपप्रमुख सिमल कुमारी साह माधवनारायण न.पा. रौतहट

७. उपाध्यक्ष गितादेवी साह यमुनामाई गा.पा. रौतहट

८. नगर का.पा. सदस्य सतमीलाल दास ताती लहान न.पा. सिरहा

९. अध्यक्ष शेष फारुक सम्सी गा.पा. महोत्तरी

१०. उपप्रमुख छायाँ देवी देवकोटा भजनी न.पा. कैलाली

११. वडाध्यक्ष भागिरथी विष्ट गौरीगंगा न.पा.–४, कैलाली

१२. वडाध्यक्ष शर्मानन्द भट्ट गोदावरी न.पा.–१, कैलाली

१३. वडाध्यक्ष पुरन विसी बर्दगोरिया न.पा.–४, कैलाली

१४. वडाध्यक्ष सुरेश कुमार थापा चम्पादेवी गा.पा.–७, ओखलढुंगा

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं