Lite Nepal

शुक्रबार, आषाढ ११, २०७८

असार ११ गते । करीब दुई महिनादेखि बन्द रहेको सार्वजनिक यातायात सञ्चालनका लागि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु सकारात्मक भएका छन् ।

असार १४ गते पछि स्वास्थ्य मापदण्ड अपनाएर नयाँ मोडालिटीका साथ यातायात सञ्चालन गर्ने तयारीका साथ सम्बन्धित निकायहरुसँग छलफल र परामर्ष शुरु गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारी कल्पना घिमिरेले जानकारी दिनुभयो ।

मोडालिटी कस्तो बनाउने भन्नेमा छलफल केन्द्रित छ, हामी क्रमिक ढंगले अघि बड्दै गएको छौ यातायात सञ्चालनका विषयमा सकारात्मक छलफल शुरु भएको छ, उहाँले भन्नुभयो ।

विहीबार स्वास्थ्य मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात मजदुर, यातायात व्यवसायी र प्रमुख जिल्ला अधिकारीहरु विच यातायात सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको थियो ।

छलफलका क्रममा व्यवसायीहरुले भने हवाई सेवा असार १७ गते देखि सञ्चालन हुने र पसल तथा बजारहरु समेत खुल्ला भएको भन्दै तत्काल सार्वजनिक यातायातलाई समेत सञ्चालन गर्नु पर्ने माग गरेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक अधिकारीले बताउनुभयो ।

लामो तथा छोटो दुरीका यातायात सञ्चालन गरी अर्थतन्त्रलाई समेत विस्तारै चलायमान बनाएर लैजानुको विकल्प नभएको व्यवसायीहरुको सुझाव छ ।

व्यवसाय माथि सहुलियत माग गर्दा सरकारले कुनै पनि सुनुवाई नगरेको र व्यवसाय सञ्चालनमा समेत चासो नदेखाएको भन्दै तत्काल मापदण्ड बनाएर १४ गते पछि सञ्चालन गर्न माग गरेको उहाँले बताउनुभयो । यता प्रमुख जिल्ला अधिकारीहरुले भने सम्वन्धित निकायहरुसँग मरामर्ष शुरु गरेको जनाउदै व्यवसाय सञ्चालनका विषयमा सकारात्मक रहेको जनाएका थिए ।

साथै सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गरिदिन भन्दै व्यवसायीहरुले सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविमान श्रेष्ठलाई ज्ञापनपत्र बुझाएर थिए । सचिव श्रेष्ठले सीसीएमसीको बैठकमा मागपत्रसहित मन्त्रालयका तर्फबाट प्रस्ताव लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

व्यवसाय ठप्प हुदाँ यातायात मजदुरहरु विचल्लीमा परेको भन्दै राहतका कार्यक्रम ल्याउन सरकारसँग पटक पटक माग गरेको नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले बताउनुभयो ।

यातायात सञ्चालनसँगै मजदुरहरुलाई खोप र स्वास्थ्य मापदण्ड अपनाईदा प्रयोग हुने सामाग्रीहरु समेत सहयोग गर्नु पर्ने उहाँले माग गर्नुभयो ।

व्यवसायीहरुले सरकारसँग सार्वजनिक यातायातमा बैज्ञानिक भाडा समायोजन गर्नु पर्ने, सहुलियतको र राहतको व्ययवस्था गर्नु पर्ने लगायतका माग गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा