Lite Nepal

शुक्रबार, आषाढ ११, २०७८

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले फलफुल रोपेर आफ्नो जन्मदिन मनाउनु भएको छ । उहाँले सामाजिक संजाल फेसबुकमा आफूले निजी निवासमा लिच्चीको बिरुवा रोपेर जन्मदिन मनाएको बताउनु भएको छ ।

उहाँले विगतमा पनि आफ्नो जन्म दिन फलफुल रोपेर मनाउदै आएकोले त्यसको निरन्तरता स्वरुप यो पाली पनि आफ्नो श्रीमतीसँग लिचीको विरुवा रोपेको बताउनु भएको छ ।

‘आज मेरो जन्म दिन । गत बर्षदेखि फलफुलको बिरुवा रोपेर जन्म दिन मनाउन शुरु गरेको कामलाई निरन्तरता दिएकोछु ।

आज मैले मेरो जीवन संगिनीको साथमा आफ्नै निजी निवासमा मिठो फलफुल लिच्चीको बिरुवा रोपेर जन्म दिन मनाएको छु,’ उहाँले भन्नु भएको छ, ‘आजको दिन यस धर्तीमा पाइला टेकाउनु हुने पुजनीय आम्मा र आप्पाप्रति उच्च सम्मान प्रकट गर्दै सेवाढोग अर्पण गर्न चाहन्छु।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा