Lite Nepal

शुक्रबार, आषाढ ११, २०७८

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले फलफुल रोपेर आफ्नो जन्मदिन मनाउनु भएको छ । उहाँले सामाजिक संजाल फेसबुकमा आफूले निजी निवासमा लिच्चीको बिरुवा रोपेर जन्मदिन मनाएको बताउनु भएको छ ।

उहाँले विगतमा पनि आफ्नो जन्म दिन फलफुल रोपेर मनाउदै आएकोले त्यसको निरन्तरता स्वरुप यो पाली पनि आफ्नो श्रीमतीसँग लिचीको विरुवा रोपेको बताउनु भएको छ ।

‘आज मेरो जन्म दिन । गत बर्षदेखि फलफुलको बिरुवा रोपेर जन्म दिन मनाउन शुरु गरेको कामलाई निरन्तरता दिएकोछु ।

आज मैले मेरो जीवन संगिनीको साथमा आफ्नै निजी निवासमा मिठो फलफुल लिच्चीको बिरुवा रोपेर जन्म दिन मनाएको छु,’ उहाँले भन्नु भएको छ, ‘आजको दिन यस धर्तीमा पाइला टेकाउनु हुने पुजनीय आम्मा र आप्पाप्रति उच्च सम्मान प्रकट गर्दै सेवाढोग अर्पण गर्न चाहन्छु।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं