Lite Nepal

शनिबार, आषाढ १२, २०७८

विराटनगर । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले अबदेखि लिम्बु भाषालाई कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याउने भएको छ ।

आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरिएको बजेट योजना तथा कार्यक्रममा आगामी आर्थिक वर्षदेखि गाउँपालिकामा कामकाजी भाषाको रुपमा लिम्बु भाषा लागू गर्ने निर्णय भएको हो ।

गाउँपालिकामा ५५ प्रतिशत लिम्बु, १५ प्रतिशत क्षेत्री बाहुन, १० प्रतिशत राई, १० प्रतिशत तामाङ, ५ प्रतिशत दलित, १ प्रतिशत सुनुवार १ प्रतिशत मगर १ प्रतिशत नेवार तथा २ प्रतिशत माझी, कुमाललगायतका अल्पसङख्यक र अन्य जातिको बसोबास रहेको गाउँपालिकाको तथ्यांकमा उल्लेख छ ।

५५ प्रतिशत लिम्बुहरुको बाहुल्यता रहेको पालिकाले कार्यालयको कामकाजी भाषाको रुपमा लिम्बु भाषाको प्रयोगमा ल्याउने जनाएको हो ।

उक्त क्षेत्रका लिम्बु समुदायको ऐतिहासिकतालाई सम्मान पुगोस् भन्ने उद्देश्यले लिम्बु भाषालाई सरकारी कामकाजीको भाषाको रुपमा लागू गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङले बताए ।

पालिकाभित्र कामकाजी भाषाको रुपमा बोलिने अन्य भाषालाई समेत अगामी दिनमा कामकाजको भाषाको रूपमा मान्यता दिइने बजेट तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

पालिकाको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममासँगै अब साउन देखि नै कामकाजी भाषाको रुपमा लिम्बु भाषाको पनि प्रयोग हुने कुरुम्बाङले जानकारी दिए ।

राष्टिय विभुती महागुरु फाल्गुनन्द लिङ्देनको आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधार गर्दै किराँत धर्मको उत्थान तथा संरक्षणको निमित्त लागिरहेले फाल्गुुनन्दकै नाममा यो पालिकाको नामाकरण गरिएको थियो ।

किराँत सभ्यता र संस्कृतीको तिर्थस्थल फाल्गुनन्द भएकोले पालिकाले लिम्बु भाषालाई कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले मकालुखबरलाई जानकारी दिए ।

आगामी आर्थिक वर्ष कालागि गाउँसभाबाट ४९ करोड ९६ लाख ९३ हजार रुपैयाँको बजेट सार्वजनिक भएसँगै नीति तथा कार्यक्रमले लिम्बु भाषालाई पनि संरक्षण गर्दै कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याउने निर्णय भएको उनले बताए ।

‘यहाँका सबै समुदायले लिम्बु भाषा बोल्ने गरेकोले यसलाई घोषणा गर्न मात्र बाँकी थियो,’ अधिकृत तुम्रोकले भने— ‘आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै समेटिएर आएको छ, लिम्बुहरुको भाषा लिपिको संरक्षणको लागि एउटा प्रयास भएको छ ।’

गाउँपालिकाले लिम्बु भाषा बढाउनका लागि १६ जना भाषा शिक्षक यस अघि नै नियुक्त गरे पठन पाठन गराउँदै आएको र आगामी आर्थिक वर्षदेखि नयाँ थप ८ जना शिक्षक थप्नेसमेत निर्णय भएको छ।

पालिकामा मातृभाषाको रूपमा लिम्बु भाषा स्थानीय तह कार्यान्वायनमा गएसँगै पढाइ हुँदै आएको छ ।

फल्गुनन्द गाउँपालिकाबाट शुरु भएको लिम्बु भाषाको पठन पाठन अहिले पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ्ग गाउँपालिकाले पनिमा शुरु भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं