Lite Nepal

सोमबार, आषाढ १४, २०७८

काठमाडौ । नेपालमा पहिलो पटक रिम्डेसिभिर उत्पादन भएको छ । नेशनल हेल्थकेयर प्राइभेट लिभिटेडले हिजोबाट नेपालमा उत्पादित रिम्डेसिभिर बजारमा ल्याएको हो ।

कोरोना सङ्क्रमितको उपचारमा निकै महत्वपूर्ण मानिएको सो औषधि नेपालमा उत्पादन नहुँदा विगतमा आपूर्तिमा समस्या हुने गरेको थियो ।

औषधि व्यवस्था विमागले करिब एक महिनाअघि सो कम्पनीलाई नेपालमा रिम्डेसिभिर उत्पादन गर्न अनुमति दिएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताउनुभयो ।

हेल्थकेयर प्राइभेट लिभिटेडका बजार उपव्यवस्थापक अजय पाण्डेले हिजोबाट सो औषधि बजारमा लाएको प्रति भाइल तीन हजार पाँच सय रुपियाँ रहेको बताउनुभयो ।

उहाँले साे औषधिकाे ब्राण्ड नेम रेमसिभिर रहेकाे बताउनुभयाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं