Lite Nepal

मंगलबार, आषाढ १५, २०७८

विराटनगर । प्रदेश १ मा आज ४६३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१३ महिला र २५० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ४७१ पुगेको छ ।

प्रदेश १ मा आज ४२९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १६०, मोरङमा १२२, झापामा ९७, धनकुटामा १७, इलाममा ८, उदयपुरमा ६, संखुवासभा, भोजपुर र खोटाङमा २–२, पाँचथर, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ७४, इटहरीमा ६३, रामधुनीमा ६, बराहक्षेत्रमा ४, दुहवी र गढीमा २–२, कोशी गाउँपालिका, हरिनगर, भोक्राहा र बर्जुमा १–१ र स्थानीय तह नखुलेका ५, मोरङको विराटनगरमा ७१, सुन्दरहरैचामा १०, बुढीगंगामा ८, उर्लाबारीमा ६, लेटाङ र केराबारीमा ५–५, मिक्लाजुङमा ४, पथरीशनिश्चरेमा ३, कटहरी र बेलबारीमा २–२, कानेपोखरी, रंगेली, रतुवामाई, धनपालथान, जहदा र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा २९, दमकमा २०, भद्रपुरमा १३, अर्जुनधारामा ८, कनकाई र मेचीनगरमा ७–७, शिवसताक्षीमा ५, झापा गाउँपालिकामा ३, बा¥हदशीमा २, गौरीगञ्ज, हल्दिबारी र स्थानीय तह नखुलका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

धनकुटाको धनकुटा नगरपालिकामा ९, पाख्रिवास, महालक्ष्मी र स्थानीय तह नखुलेका २–२, साँघुरीगढी र शहिदभूमीमा १–१, इलामको इलाम नगरपालिकामा ५, माईजोगमाई, मांसेबुङ र चुलाचुलीमा १–१, उदयपुरको चौदण्डीगढी, त्रियुगा र कटारीमा २–२, संखुवासभाको चैनपुरमा २, भोजपुरको भोजपुर जगरपालिका र स्थानीय हत नखुलेका १–१, खोटाङको दिक्तेल रुपाकोटा मझुवागढी र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिम, ताप्लेजुङको फुङलिङ र ते¥हथुमको म्याङलुङमा १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७१ हजार ३०१ पुगेको छ । सक्रिय संक्रमितको संख्या ७ हजार ६१४ रहेको छ । प्रदेश १ मा आज १ हजार २९८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २०४ महिला र २२५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा