Lite Nepal

बुधबार, आषाढ १६, २०७८

विराटनगर । प्रदेश १ मा आज ७१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३२४ महिला र ३९३ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार १८८ पुगेको छ ।

प्रदेश १ मा आज ३६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११८, सुनसरीमा ११७, झापामा १०५, धनकुटामा १०, इलाममा ६, उदयपुरमा २, पाँचथर, संखुवासभा र भोजपुरमा १–१, प्रदेश १ बाहिरका ७ जनामा संक्रमणदेखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ४७, बेलबारीमा २२, लेटाङमा १२, पथरीशनिश्चरेमा १०, सुन्दरहरैचामा ८, उर्लाबारीमा ५, ग्रामथान, बुढीगंगा, कटहरी, मिक्लाजुङ र स्थानीय तह नखुलेका २–२, सुनबर्षी, रंगेली, कानेपोखरी र जहदामा १–१, सुनसरीको इटहरीमा ६४, धरानमा ४०, दुहवी र रामधुनीमा ३–३, बराहक्षेत्रमा २, भोक्राहानरसिंहमा १ र स्थानीय तह नखुलेको ४ जनामा संक्रमण देखिएको छ ।

यस्तै झापाको दमकमा ६६, भद्रपुरमा १३, मेचीनगरमा ९, कमल गाउँपालिकामा ५, विर्तामोड, बा¥हदशी, शिवसताक्षी र झापा गाउँपालिकामा २–२, अर्जुनधारा, कनकाई, हल्दिबारी र गौरादहमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

धनकुटाको धनकुटा नगरपालिकामा ६, छथर, साँघुरीगढी, पाख्रिवास र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ४, चुलाचुली र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा २, पाँचथरमा १, संखुवासभाको चैनपुरमा १ र भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७१ हजार ६६९ पुगेको छ । सक्रिय संक्रमित ७ हजार २५६ रहेको छ । प्रदेश १ मा आज १ हजार १०२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १९९ महिला र १६९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा