Lite Nepal

शनिबार, आषाढ १९, २०७८

सुनसरी । सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ। हप्तादिनदेखि पहाडि जिल्लाहरुमा निरन्तर बर्षात भएपछि सप्तकोसीमा पानीको बहाव उच्च भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।

उनले शनिबार सप्तकोसीमा पानीको बहाव प्रति सेकेण्ड एकलाख ८० हजार क्युसेक पुगेको जानकारी दिए। सप्तकोसीमा पानीको बहाव उच्च भएसँगै कोसी आसपासका क्षेत्रका बासिन्दाको सुरक्षालाई मध्यनजर गर्दै सचेत गराइएको प्रजिअ ढकालले बताए।

सप्तकोसी नदीमा पानीको बहाव प्रति सेकेण्ड एकलाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ। सप्तकोसी नदीमा पानीको बहाव उच्च भएसँगै सप्तकोसी व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ।

सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सुनसरी, उदयपुर र सप्तरीका सर्बसाधारण आतंकित बनेका छन्। पानीको बहाव उच्च हुँदासमेत भारत सरकारले कोसी व्यारेजका ५६ मध्ये २८ वटा मात्र ढोका खोलेको छ। सबै ढोका नखोलेका कारण पानीको निकास थुनिएर कोसी आसपासका क्षेत्रका बस्ती डुवानमा पर्ने त्रास बढेको स्थानीयले बताएका छन्।

भारत सरकारको नियन्त्रणमा रहेको कोसी व्यारेजमा पानीको बहाव उच्च हुँदासमेत सबै ढोका नखोलिएका कारण कोसी आसपासका सर्बसाधारण त्रसित भएको कोसी पीडित संघर्ष समितिका सचिव बाबुराम कार्कीले बताए।

उनले पानीको बहाव उच्च हुँदासमेत कोसी व्यारेजका सबै ढोका खोलेर सर्वसाधारणलाई र्निढुक्क साथ रात विताउन व्यवस्था मिलाइदिन सरकार सँग माग गरेका छन्। सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सुनसरीको महेन्द्रनगर, प्रकासपुर, राजाबास, मधुवन, र हरिपुर क्षेत्रका सर्वसाधारण त्रसित बनेको कार्कीको भनाई छ।

सप्तकोसीमा पानीबो बहाव बढेसँगै सुनसरीको कोसी आसपासका क्षेत्रमा र डुवान भएका स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई उद्धारका लागि तयारी अवस्थामा राखिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं