खोटाङ । निरन्तरको वर्षाका कारण खोटाङमा पुरानो घर घत्कदा एक बालकको मृत्यू भएको छ । दुई जना घाईते भएका छन् ।
हलेसी तुवाचुङ नगरपालिका ८ नमुनाभञ्ज्याङका मन कुमार सार्कीको खाली रहेको पुरानो घर भत्किदा घर भित्र खेलिरहेका ३ जना बालकहरु मध्ये १ जनाको मृत्यु भएको हो ।
शुक्रबार विहान ११ घर भत्किदा सोही स्थानका १४ बर्षीय राज कुमार सार्कीको घरले पुरेर मृत्यु भएको छ ।
सोही स्थानका १० बर्षीय मिलन सार्की र १० बर्षीय लुने सार्की सामान्य घाईते भएका छन् । घाईतेहरुको सामान्य उपचार पश्चात घर फिर्ता भईसकेका छन् ।