Lite Nepal

आइतबार, आषाढ २०, २०७८

काठमाडौं । काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर-बिजोर प्रणाली हटाउँदै निषेधाज्ञालाई जारी राखिएको छ।

आइतबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको आदेश अनुसार ३१ गते सम्मको लागि निषेधाज्ञा थपिएको हो।

निषेधाज्ञामा सभा तथा सम्मेलन गर्न पाइने छैन।

असार २२ गतेदेखि जोर-बिजोर प्रणाली हटाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए।

उनकाअनुसार अब अनुमति लिएर काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न पनि दिइन्छ। तर जिल्ला प्रशासन कार्यालयबाट अनुमति भने लिनुपर्नेछ।

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।

सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने भएको छ। यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो।

माइक्रोको तेस्रो सिटमा चार-चार जनाका दरले ८ जना र चालक छेउमा एक जना गरी ९ जना यात्रुभन्दा धेरै बोक्न पाइने छैन।

सवारीको मध्यभागमा दुईतर्फी यात्रुहरू छुट्याउने गरी प्लास्टिकको छेकबार लगाउनुपर्नेछ।

यसका साथै पूर्वनिर्धारित परीक्षाहरू सञ्चालन गर्न पाइनेछ। परीक्षा हलमा २५ जना मात्रै विद्यार्थी राख्नुपर्नेछ।

निर्माण सामग्री ढुवानी गर्न पनि पाइने भएको छ। बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म निर्माण सामग्री गर्न पाइनेछ।

हेर्नुस् के-के खुल्यो:

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं