फिदिम । पाँचथरको फिदिमनगरपालिका २ का ६४ वर्षीय कोरोना संक्रमित पुरुषको निधन भएको छ । उपचारका लागि बिराटनगर लैजाँदै गर्दा इलामको माइखोला पुगेपछि उनको निधन भएको हो ।
आसार ६ गते पीसीआर रिपोर्टमा उनलाई कोरोना संक्रमण देखिएको थियो । होमआइसोलेसनमा रहेका उनको स्वास्थ्यमा सुधार नआएपछि असार ९ गते पाँचथर अस्पतालस्थित अस्थायी कोभीड अस्पतानमा भर्ना गरिएको थियो ।
स्वास्थ्यमा जटिल समस्या आएपछि थप उपचारका लागि बिराटनगरतर्फ लैजादै गर्दा बाटोमै निधन भएको जिल्ला प्रशान पाँचथरले जनाएको छ ।