Lite Nepal

शुक्रबार, आषाढ २५, २०७८

विराटनगर । प्रदेश नं १ को बजेट बहुमतले पारित भएको छ । शुक्रबार प्रदेश सरकारले ल्याएको विनियोजन विधेयक पारित भएसंगै प्रदेश बजेट पारित भएको हो ।

प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष २०७८–७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैया बराबरको बजेट ल्याएको थियो । सोही बजेटको आधारमा विभिन्न मन्त्रालय अन्तर्गत छुट्याइएको बजेटमाथि छलफलपछि शुक्रबार विनियोजन विधेयक पारित भएको हो ।

प्रदेश सभामा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद शिवनारायण सिंह गनगाई र नेकपा माओवादी केन्द्रका सांसद मोहन खड्काले प्रस्तुत गरेका खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले गरेका विनियोजन विधेयकको प्रस्ताव बहुमतले पारित गरेको थियो । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं