Lite Nepal

शुक्रबार, आषाढ २५, २०७८

विराटनगर । प्रदेश नं १ को बजेट बहुमतले पारित भएको छ । शुक्रबार प्रदेश सरकारले ल्याएको विनियोजन विधेयक पारित भएसंगै प्रदेश बजेट पारित भएको हो ।

प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष २०७८–७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैया बराबरको बजेट ल्याएको थियो । सोही बजेटको आधारमा विभिन्न मन्त्रालय अन्तर्गत छुट्याइएको बजेटमाथि छलफलपछि शुक्रबार विनियोजन विधेयक पारित भएको हो ।

प्रदेश सभामा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद शिवनारायण सिंह गनगाई र नेकपा माओवादी केन्द्रका सांसद मोहन खड्काले प्रस्तुत गरेका खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले गरेका विनियोजन विधेयकको प्रस्ताव बहुमतले पारित गरेको थियो । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा