Lite Nepal

सोमबार, आषाढ २८, २०७८

विराटनगर । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमलाई खारेज गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गरेको छ।

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारीसमेत गरेको छ। संसद विघटनलाई बदर गरेको संवैधानिक इजलासले कांग्रेस सभापति देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको हो। ​

मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री बन्ने भएका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्न र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि उनी फेरि प्रधानमन्त्री बन्ने निश्चितजस्तै भएको हो।

योसँगै देउवा ७ पटक प्रधानमन्त्री बन्छन् भनेर भविष्यवाणी गर्ने ज्योतिषीको चर्चा सुरु भएको छ। २०७४ कात्तिक ३० गते प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा धनगढीमा पत्रकारहरुसँग देउवाले आफूलाई ७ पटकसम्म प्रधानमन्त्री बन्ने भनेर ज्योतिषीले भनेको बताएका थिए।

खासमा त्यो भन्दा ठीक एकदिन अघि गोरखा पुगेका तत्कालीन नेकपा एमालेका अध्यक्ष रहेका केपी शर्मा ओलीले ‘देउवा कांग्रेसका अन्तिम प्रधानमन्त्री हुन्’ भन्दै ठोकुवा गरेका थिए। सोही विषयमा पत्रकारले प्रतिक्रिया माग्दा देउवाले ज्योतिषको प्रसंग निकालेका थिए।

उनले भनेका थिए- ‘म अन्तिम प्रधानमन्त्री त भन्छु मैले। ज्योतिषीले भन्या भएर ७ पटक बन्नुहुन्छ भन्या छ मलाई अहिले।’

देउवाको उक्त दाबीले त्यतिबेला चर्चा नै पाएको थियो। तर पाँचौ पटक प्रधानमन्त्री बन्ने देउवाको आकांक्षा आजसम्म पूरा भएको थिएन।

अब भने मंगलबार उनी प्रधानमन्त्री बन्ने निश्चित जस्तै भएको छ। उनलाई ७ पटकसम्म प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेका ज्योतिषी तथा वास्तुविद् सुरेशचन्द्र रिजालको कुरा केही मिल्नेजस्तै भएको छ।

यद्यपि सातपटक प्रधानमन्त्री बन्ने भनेको कुरा पूरा हुन्छ हुँदैन त्यो समयले बताउला तर पाँचौ पटक देउवा प्रधानमन्त्री हुन लागेको कुराले अहिले सामाजिक सञ्जाल तातेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा