Lite Nepal

शनिबार, साउन २३, २०७८

तेह्रथुम । तेह्रथुम जिल्लाको मेन्छयायेम गाउँपालिकाले पालिका उपाध्यक्षका ससुराको मृत्यु हुँदा गाउँभरिका शैक्षिक संस्था एवं सरकारी कार्यालयहरु एक दिनका बन्द गर्ने निर्णय गरेको छ । पालिका उपाध्यक्षका ससुराको निधन भएकाले एक दिनका लागि शोक विदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जनाएका छन् ।

पालिका उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुराबुबा कृष्णप्रसाद गौतमको विहीबार राति ११ स् ४० मा निधन भएको थियो । गाउँपालिकाले शुक्रबार बिहान जारी गरेको सूचनामा भनिएको छ,

‘यस शोकको घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै शुक्रबारका दिन यस गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु, गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु एवं गाउँपालिका मातहतका कार्यालयहरु ९स्वास्थ्य संस्थाबाहेक० मा शोक विदा दिने निर्णय भएको व्यहोरा सबैमा जानकारी गराइन्छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं