Lite Nepal

बुधबार, साउन २७, २०७८

विराटनगर । उर्जामन्त्रालयमा नयाँ जिम्मेवारी पाएर मन्त्री बनेकी पम्फा भुसालले प्रदेश १ मा दूधकोशी र तमोर जलाशययुक्त विद्युत् आयोजना अगाडि बढाउने तयारी गरेकी छिन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको पत्रकार सम्मेलनमा मन्त्री भुसालले प्रदेश १ मा तमोर र दूधकोशीमा जलाशययुक्त विद्युत् आयोजना अगाडि बढाउने बताएकी हुन् ।

उनले प्रत्येक प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजना अघि बढाउने जानकारी पनि दिइन् । उनले दिएको जानकारी अनुसार प्रदेश १ मा दूधकोशी र तमोर, प्रदेश २ मा ऊर्जाबाट विद्युत उत्पादन, बागमतीमा कुलेखानी र सुनकोसी–३, गण्डकी प्रदेशमा बुढीगण्डकी आयोजना अघि बढाइने छ ।

यसैगरी लुम्बिनी प्रदेशमा नौमुरे, माडी, कर्णालीमा नलगाड र सुदुरपश्चिममा सेती जलविद्युत आयोजना उत्पादनको काम अगाडि बढाउने मन्त्री भुसालले बताइन् ।

मन्त्री भुसालले कालीगण्डकी, मस्र्याङ्दी, कोशी, दोर्दी, चिलिमे, खिम्ती–काठमाडौं, मर्स्याङ्दी–काठमाडौं आदि करिडोरका प्रसारण लाइनहरु सम्पन्न गर्ने, इनरुवा–ढल्केवर–हेटौंडा ४०० केभी लाइनलाई निर्माण सम्पन्न गर्ने, बुटवल–गोरखपुर, बुटवल–अत्तरिया, कर्णाली करिडोर, भेरी करिडोर, सेती करिडोर र कोशी करिडोरको ४०० केभी प्रसारण लाइन निर्माण अगाडि बढाउने जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं