Lite Nepal

बिहिबार, भाद्र ०३, २०७८

नायिका प्रियंका कार्की गर्भवती भएपछि झनै चर्चामा छिन् । विशेषगरि, गर्भवती भएपछि विभिन्न शैलीका तस्वीर सार्वजनिक गर्दै आएकी प्रियंकाको आलोचना धेरै हुने गरेको छ । सामाजिक संजालमा प्रियंकाको तस्वीरलाई लिएर आलोचना पनि उत्तिकै भएको पाइन्छ । प्रियंकाले बेबी बम्प देखाउँदै फोटो सार्वजनिक गरेपछि झनै आलोचना भयो ।

केही दिन अगाडि उनले स्विमिङ पूलमा स्विमिङको पहिरन लगाएर बेबी बम्प देखाउँदै गरेको तस्वीर सार्वजनिक भएपछि त्यसले त बहस नै खडा गरिदियो । तर, यी कुराले प्रियंकालाई भने खासै फरक परेको छैन । उनी, यो पलको मज्जा उठाइरहेकी छिन् ।

प्रियंकालाई उनका श्रीमान् आयुष्मान देशराज जोशीले पनि साथ दिइरहेका छन् । प्रियंकासँग हरेक समय साथै रहने आयुष्मानले सामाजिक संजालमा एक तस्वीर शेयर गर्दै लेखेका छन्–‘म आफ्नो जीवन बदल्न तयार भएको छु, तिमीहरु प्रियंका भन्दै चिल्लाउँदै गर ।’

आयुष्मानले जीवनको नयाँ मोडमा रहेको समयमा आलोचना गर्नेहरुलाई जवाफ दिन खोजेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा