काठमाडाैं – सीमामा हुने अपराधलाई कम गर्न तथा सिमा नाका सुरक्षाका लागी सशस्त्र प्रहरी बल नेपालले ५०० वटा बोर्डर आउट पोष्ट ‘विओपी’ निर्माणको तयारीमा छ । सशस्त्र प्रहरी बल नेपालका आइजीपी राजु अर्यालका अनुसार अहिलेसम्म देशभर २२८ वटा विओपी स्थापना भैसकेको छ ।
सीमामा विभिन्न जघन्य तथा संगठीत अपराध बढेको बताउदै अर्यालले सीमानाकालाई कडाई गर्नका लागी ५०० बढि विओपी स्थापना गर्न तत्कालै आवस्यकता रहेको जानकारी दिए । उनका अनुसार विओपी स्थापना लागी सशस्त्र प्रहरी बल नेपालसंग आवस्यक जनशक्तिको अभाव छ । भौतीक संरचना थप गर्नुपर्ने तथा डिजिटल वोर्डर कन्सेपलाई अगाडी बढाउनका लागी आधुनिक उपकरणको आवस्यकता निकै छ ।
केही दिन अगाडी सशस्त्र प्रहरी बल नेपालले २२ औ स्थापना दिवस मनाएको थियो । प्रधानमन्त्री, गृहमन्त्री लगायत ४ वटै सुरक्षा फोर्सका प्रमुख र उच्च पदाधीकारी उपस्थित भएको कार्यक्रम निकै व्यवस्थीत र भव्य तरिकाले सम्पन्न भएको थियो । कार्यक्रममा वोल्दै सशस्त्र प्रहरीका आइजीपी राजु अर्यालले सीमा नाकामा सशस्त्र प्रहरीको विओपी स्थापना भएसंगै सीमामा हुने धेरै समस्या हल भएको दावी गरे । यसका साथै उनले सीमाका वासिन्दाको जिउधनको सुरक्षाको लागी, अपराध नियन्त्रण गर्नका लागी विओपीले निकै सघाएको बताएका थिए ।
सशस्त्र प्रहरीका बलका प्रबक्ता पुरुषोत्तम थापाका अनुसार सीमा नाकालाई हेर्न, सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रणका लागी तथा छिमकी देशको समकक्षीसंग समन्वय गर्नको लागी, सुरक्षा फोर्स बनेको हुन्छ । अहिले स्थापना भएका विओपीमा खटाउनका लागी सशस्त्र प्रहरीसंग छुट्टै प्रहरी फोर्स छैन । गणकै दरवन्दीबाट परिपुर्ति भैरहेको छ । जसले गर्दा जनशक्ति अभाव छ । असहज भैरहेको छ । जिल्लामा बसेको गणले उक्त जिल्लाको सम्पुर्ण सिमानाका सुरक्षा गर्न संभव हुदैन । थापा भन्छन्, संसारभर सीमा सुरक्षाका लागी अर्धसैनिक बलकै प्रयोग हुने गरेको छ ।
अन्र्तराष्टिय मापदण्ड अनुसार एउटा विओपीमा ३५ जनासम्म हुन्छन् । नेपालका विओपीहरु प्राय इन्सपेक्टरले नेतृत्व गर्छन । २० देखी २५ जनाको टोलीले विओपी सम्हालीरहेका छन् । आफ्नै संरचना सहितको एउटा नया विओपी स्थापना गर्नको लागी तराइका जिल्लामा ३ करोड देखी दुर्गम र विकट स्थानमा साढे ३ करोड सम्मको लागत लाग्छ । रकम अभावकै कारण आवस्यक मात्रामा विओपी निर्माण हुननसकेको सशस्त्र प्रहरी बल बताउँछ।
नेपालमा स्थापना भएका विओपीहरुको प्राय आफ्नै भवन छैन् । सशस्त्र र प्रहरीको बासस्थानको लागी सरकारले न्युनतम आवस्यकता र संरचना पनि निर्माण गर्न सकेको छैन । धेरै विओपीहरु पुराना टहरा र बासका छाप्राहरुमा सञ्चालन भैरहेका छन् । धेरै टहराहरुमा त घाम र पानी पनि नछेकीने गरेको वेलावखत समाचार आइरहन्छ । सशस्त्र प्रहरीका प्रबक्ता थापा भन्छन्, विओपीमा जिम्मेवारी निभाएका सशस्त्र प्रहरीहरु न्युनतम आवस्यकता विना नै काम गरिरहेका छन् । उनीहरु सवैलाई सहज हुनेगरि संरचना निर्माणका लागी हामीले पहल गरिरहेका छौ ।
विओपी खडा गरेर बसिएन भने सीमा सुरक्षा गर्न नसकीने तर्क प्रबक्ता थापाको छ । उनी भन्छन्, २४ सै घण्टा सीमा सुरक्षाका लागी तयार भएर बस्नुपर्ने हुन्छ । अपराधीक मानसिकता भएका व्यक्ति कतिवेला सिमा वारपार गर्छ भन्नै सकिन्न । सीमा भनेको दुईदेशका वासिन्दाहरुको साझा थलो पनि हो । दुवै देशमा भैररहेका क्रियाकलापलाई सशस्त्र विओपीले सुक्ष्म रुपमा निरिक्षण गरिरहेको हुन्छ । सीमावारपारका गतिविधिमा निगरानी राखरिहेको हुन्छ । सीमामा सशस्त्र प्रहरीको उपस्थितीले अपराध कार्य र घटना कम हुदै गएको र देशमा तुलनात्मक रुपमा शान्ती स्थापना भएको प्रबक्ता थापाले बताए ।
काकडभिट्टा वोर्डर होस या सुस्ता वा दार्चुला र्नै किन नहोस वा तराइका सीमा नाका हुन् वेलावेलामा छिमेकी मुलुकसंग झडप भैरन्छ । भारतीय पक्षका स्थानीय र नेपाल पक्षका स्थानीय विच नदि तथा सीमाका पिल्लरका विषयमा विवाद आइरहन्छ । यस्ता सीमामा हुने विवादलाई समन्ययकारी भुमिकामा समाधान गर्नको लागी वोर्डर आउट पोष्ट स्थापना हुनुपर्ने सशस्त्र प्रहरीको जोड छ । प्रबक्ता थापा भन्छन्, विओपी स्थापना भएका क्षेत्रमा भन्दा नभएका क्षेत्रमा सीमा विवाद बढि देखीन्छ ।