Lite Nepal

शुक्रबार, भाद्र ०५, २०७७

विराटनगर । केहि नखाई भोकभोकै बसी भगवानको पुजा गर्नुलाई मात्रैलाई ‘व्रत बस्नु’ भनिँदैन। व्रत बस्नु भनेको शरीर अनि मस्तिष्कलाई आराम दिनु हो। सँधै गरिरहने नियमित तालिकाबाट मुक्ति पाउनु हो।

अधिकांश हिन्दु धर्मका भक्तजनहरू भगवानको नाम लिएर सोहि भगवानको बारअनुसार व्रत बस्ने गर्छन्। यसको पछाडी व्यक्तिको शारिरीक र मानसिक फाइदा लुकेको छ।

तर, के व्रत बस्नु ठीक हो? त्यसरी खाँदै नखाई दिन काट्नु राम्रो हो? फेरि आफ्नो स्वास्थ्यमा सुधार ल्याउन, प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन, शरीरमा ऊर्जा ल्याउन अनि अन्य थरीथरीका समस्याबाट राहत पाउन दिनमा नियमति खाइराख्नुपर्छ भनेर पनि स्वास्थ्यविज्ञहरू भन्ने गर्दछन्।

आउनुहोस्, व्रत बस्दा कस्ता-कस्ता फाइदाहरू हुँदा रहेछन्, हेरौँः

शारीरिक स्वास्थ्यमा फाइदाहरूः
पाचन प्रक्रियाले आराम गर्ने मौका पाउँछ।
शरीरमा रहेका विषाक्त पदार्थहरूलाई सफा गर्ने मौका पाउँदछ।
तौल घटाउनमा सहयोग मिल्दछ।
शरीरमा इन्सुलिनको संवेदनशीलता बढ्दछ- इन्सुलिनले शरीरमा गुलियोको मात्रालाई नियन्त्रण गराउँदछ जसले मधुमेह हुनबाट बचाउँछ।
आयु बढाउँदछः जति धेरै खायो, शरीर बूढो हुने मात्रामा त्यति नै वृद्धि हुने प्रमाण भेटिएको छ।
व्रत बसेपछिको भोक पनि मिठो हुन्छ।
व्रतले तपाईँको खानेबानीमा सुधार ल्याउँदछ।
मस्तिष्कको काम गर्ने क्षमतामा वृद्धि हुन्छ।
व्रत बस्दा पनि तपाईँको प्रतिरक्षा प्रणालीमा राहत पुग्दछ।
अनुहारको छालालाई सफा बनाई डण्डीफोर र दागधब्बाबाट राहत प्रदान गर्दछ।

मानिसक स्वास्थ्यमा फाइदाहरूः
तपाईँको मन, मुटु र मस्तिष्कमा ताजगी महशुस हुन्छ।
भावनात्मक हिसाबले तपाईँ आफूलाई स्थिर, स्पष्ट अनि सुखी महशुस गर्नुहुन्छ।
डिप्रेसनका बिरामीहरूले व्रत बस्दा आफ्नो चिन्ता, तनाव र पीडालाई कुनै एक लाभदायी क्रियाकलापमा केन्द्रित बनाउन सक्दछन्। जसले दिमागको एकाग्रता बढाउँदछ भने थकान र तनावमा पनि कमि आउँदछ। साथै निन्द्राको गुणस्तरमा पनि सुधार आउँदछ।
व्रत बस्नुभयो भने आफूलाई सामान्यभन्दा बढि जाँगरिलो महशुस गर्नुहुन्छ।
तर ध्यान पुर्याउनुहोस्ः
लगातार धेरै समयसम्म व्रत बस्नु पनि हानिकारक हुन्छ।
यदि तपाईँको रक्तचाप अत्याधिक कम छ र शरीर पनि कमजोर छ भने व्रत नबस्दै उचित हुन्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं