Lite Nepal

मंगलबार, भाद्र ०९, २०७७

काठमाडौँ । भारत महाराष्ट्रमा एउटा पाँच तले भवन भत्किँदा कयौँ हताहत भएको आशंका गरिएको छ ।

रायगढ जिल्लाको महाडमा सोमबार साँझ पाँच तले भवन भत्किँदा ८० देखि ९० जना हताहत भएको आशंका गरिएको छ ।

भत्किएको भवनबाट यो समाचार तयार पार्दासम्म एउटा शव फेला परेको बीबीसीले जनाएको छ ।

केही भारतीय सञ्चार माध्यमहरूले भने भत्किएको भवनबाट ६० जनाको उद्धार गरिएको जनाएका छन् ।

त्यहाँ अझै २५–३० जना फसेको आशंका गरिएको समाचार संस्था एएनआईले जनाएको छ ।

सो भवनमा करिब ४७ वटा फ्ल्याट थिए । भवन हल्लिएपछि केही मानिसहरू बाहिर निस्किएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं