Lite Nepal

मंगलबार, भाद्र ०९, २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएसँगै मृतकको संख्या १६४ पुगेको हो।

मन्त्रालयका अनुसार एक मलिला र ६ पुरुष गरेर सात जनाको मृत्यु भएको हो।

प्रवक्ता गौतमका अनुसार काठमाडौंकी ७१ वर्षीया महिला, काठमाडौंकै ७४ र ६६ वर्षीय पुरुषको मृत्यु भएको छ।

सँगै सिरहाका २२, पर्साका ६८, धनुषाका ७६ वर्षीय, रुपन्देहीका ५६ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको हो।

काठमाडौंका १९९, भक्तपुरका १४ र ललितपुरका १९ गरेर उपत्यकामा २३२ सहित पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यो सहित संक्रमितको संख्या ३३ हजार पाँच सय ३३ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले बताए।

यस्तै मन्त्रालयका अनुसार १४ हजार २ सय ५० जना कोरोनाका सक्रिय बिरामी छन्।

संस्थागत आइसोलेसनमा आठ हजार पाँच सय ८१ जनाको उपचार भइरहेको छ।

होम आइसेलेसनमा भने पाँच हजार ६६९ जनाको उपचार भइराखेको छ।

क्वारेन्टाइनमा १० हजार आठ सय ५३ जना रहेका छन्।

२४ घण्टामा ३१३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।

योसँगै कुल डिस्चार्ज हुनेको संख्या १९ हजार ११९ पुगेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं