Lite Nepal

मंगलबार, भाद्र ०९, २०७७

विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरका आकस्मिक सेवाका ५५ जना स्टाफ नर्सले मंगलबार व्यवस्थापनसमक्ष राजीनामा दिएका छन्।

पारिश्रमिक वृद्धिको माग गर्दै उनीहरुले राजीनामा दिएका हुन्।

कोरोना संक्रमणको समयमा मेडिकल कलेजले व्यक्तिगत स्वास्थ्य सुरक्षाको प्रवन्ध नगरेको र पारिश्रमिक नियमित नभएको स्टाफ नर्सले बताएका छन्।

मेडिकल कलेजका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले स्टार्फ नर्सले पाइरहेको पारिश्रमिकमा ५ हजार थप गर्न माग गरेको बताए।

व्यवस्थापनले ४ हजार थप गर्न तयार रहे पनि उनीहरुले अस्वीकार गरेको दाहालले बताए।

नोबेल मेडिकल कलेजमा आकस्मिक सेवामा ६५० जना स्टाफ नर्स कार्यरत रहेको उनले बताए ।

नोबेलमा ९ जना कोरोना संक्रमित भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं