Lite Nepal

आइतबार, आश्विन १८, २०७७

काठमाडौं । सरकारले यो वर्षको दसैं जहाँ छौँ, त्यही बसेर मनाउन अपील गरेको छ।

दसैं अर्को वर्ष पनि आउँने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार यस्तो अपील गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सबैलाई यस्तो अपील गरेका हुन्।

प्रवक्ता गौतमले यो वर्षको दसैं अहिले बसिरहेकै स्थानमा मनाउन समन्वय र त्यहीँ अनुसार सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए।

अर्को वर्ष पनि दसैं आउने भन्दै उनले पछिल्लो समय संक्रमणको दर बढ्दै गएको भन्दै प्रवक्ता गौतमले चाडपर्वका नाममा हिँडडुल नगर्न सबैलाई अनुरोध गरेका हुन्।

‘दसैं अर्को साल पनि आउँछ। यस पटक जहाँ छौँ त्यही बसेर दसैं मनाऔँ’, मन्त्रालयका प्रवक्ता गौतमले भने, ‘जहाँ बसेका छौँ त्यही दसैं मनाउन समन्वय गर्ने र सन्देश प्रवाह गरौँ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं