Lite Nepal

आइतबार, साउन १८, २०७७

काठमाडौं । नेपालमा पहिलोपटक प्लाज्‌मा थेरापीबाट कोरोना संक्रमितको उपचार गरिएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अधिकृत डा। मेघनाथ धिमालले नेपालमै पहिलो पटक कोरोना निको भएका व्यक्तिको प्लाज्‌मा लिएर कोरोनाको जटिल बिरामीको उपचारका लागि प्लाज्‌मा थेरापी सुरु गरिएको जानकारी दिए । उनले,“यो विधिबाट नेपालमै पहिलोपटक उपचार सुरु भएको हो ।”

प्लाज्‌मा थेरापी कोरोनाका गम्भीर प्रकृतिका संक्रमितको उपचारमा प्रयोग गर्न प्रभावकारी मानिन्छ तर यो थेरापी अन्य देशहरूले पनि गर्दै आएको परिषदले जनाएको छ ।

कोरोनाको संक्रमण भएर विराटनगरका ६० वर्षका पुरुषमा प्लाज्‌मा थेरापी सुरु गरिएको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको अस्पतालका कोभिड(१९ व्यवस्थापन समितिका संयोजक डा। सन्तकुमार दासले जानकारी दिए ।

उनका अनुसार आईसीयूमा रहेका ती पुरुषमा पहिलो डोज गत बिहीबारबाट सुरु गरिएको हो । उक्त थेरापी सुरु भएपछि ती विरामीमा सुधार भएको छ । छिटै ती पुरुषलाई आईसीयूबाट जनरल बेडमा सारिँदैछ । पहिलो प्लाज्‌मा लिने पुरुषमा गत साउन १० गते कोरोना पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं