Lite Nepal

सोमबार, साउन १९, २०७७

विराटनगर । विराटनगरमा सात प्रहरीसहित थप १५ जनामा कोरोना संक्रमण देखिएको छ ।

कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत सात प्रहरी कर्मचारीसहित १५ जना संक्रमित थपिएका विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

संक्रमित प्रहरीहरु ४१, ४२, ३७, २५, ३५, २४ र ३३ वर्षका छन् । संक्रमितहरु विराटनगर महानगरपालिका वडा नं. ६ र ७ का हुन् । वडा नम्बर ७ मा ३०, ३६, २५ र ४५ वर्ष उमेरका पुरुषहरुमा संक्रमण देखिएको छ । यसैगरी वडा नम्बर ६ काका २४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कोशी अस्पताल विराटनगरमा कार्यरत दुई जना र विराट मेडिकल कलेजमा कार्यरत एकजना पुरुष कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं