Lite Nepal

मंगलबार, साउन २०, २०७७

विराटनगर । भदौ १ गतेदेखि विराटनगर विमानस्थल सञ्चालनमा आउने भएको छ ।

सञ्चालनको लागि सबै तयारी पूरा भएको विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

यात्रु प्रस्थान, आगमन, कर्मचारी व्यवस्थापन, सुरक्षाकर्मी सबैका लागि तयारी पूरा भएको कार्यालयका प्रमुख टेकनाथ सिटौलाले जनाए ।

सिटौलाका अनुसार अर्को निर्णय नभए आगामी भदौ १ गतेदेखि आन्तरिक हवाइ सेवा सुरु गर्ने सबै तयारी गरिएको छ ।

विमानस्थलको निर्मलीकरण देखि भौतिक दूरी कायम गर्ने सम्मका कामहरू व्यवस्थापन गरिएका छन् ।

विराटनगरमा भदौ १ देखि बुद्ध एयरले २, यतिले २, श्रीले २ र सौर्य एयरलाइन्सले १ गरी दैनिक ७ वडा उडान गर्ने सिटौलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं