Lite Nepal

बुधबार, साउन २१, २०७७

धरान । प्रदेश १ का सहरमा कोरोना संक्रमण फैलन थालेपछि धमाधम लकडाउन गर्न थालिको छ । यसैबिच कोरोना संक्रमण फैलिन नदिन धरान उपमहानगरपालिकाले पनि एक साता पूर्णलकडाउन गर्ने निर्णय गरेको छ।

आज बिहान बसेको कार्यपालिका बैठकले आज मध्यरातीदेखि साउन २८ गतेसम्म पूर्णलकडाउन गर्ने निर्णय गरेको हो। बैठकले औषधी पसलबाहेक सबै व्यापार, व्यवसाय बन्द गर्ने निर्णय गरेको छ भने एम्बुलेन्स र शव वाहनबाहेक अन्य सवारीसाधनहरुलाई पूर्णरुपमा चल्न रोक लगाउने निर्णय गरेको कार्यपालिकाका प्रवक्ता एवं वडा नं २० का अध्यक्ष मणिराम राईले जानकारी दिए।

धरानमा पछिल्लो समय समुदायमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ। संक्रमण पुष्टि भएका २८ जना मध्ये ९ जना घरमा नै रहेकाहरु भएकोले लकडाउन गर्नुपर्ने माग चर्कोरुपमा उठिरहेको थियो। हिजो सुनसरीकै इटहरी उपमहानगर, इनरुवा र दुहबी नगरपालिकाले पनि लकडाउनको निर्णय गरिसकेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं