ताप्लेजुङ । पाथीभरा क्षेत्रविकास समितिका अध्यक्षको कोरोना संक्रमणका कारण निधन भएको छ । अध्यक्ष पुष्पबहादुर बरुवालको गएराती अमेरिकाको न्यूयोर्कमा निधन भएको हो ।
केहि दिन अघि संक्रमण देखिएका बरुवालको उपचारकै क्रममा न्युयोर्कमा निधन भएको समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले जानकारी दिए ।
पारिवारिक भेटघाटका लागि न्युयोर्क पुगेका बरुवाललाई उतै संक्रमित भएका थिए । ताहचल क्याम्पसका सह–प्राध्यापक समेत रहेका बरुवाल २०७४ साल भदौमा पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष बनेका थिए ।
समिति ताप्लेजुङको पाथीभरा मन्दिको विकासका लागि सरकारद्धारा गठित समिति हो ।
झापा घर भएका बरुवाल गत वैशाखमा पारिवारिक भेटघाटका लागि न्युयोर्क गएका थिए ।