Lite Nepal

बुधबार, जेठ २६, २०७८

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिर जान सुकेटारबाट तल्लो फेदि सम्मको बाटोमा तीर्थयात्रीले सास्ति भोग्र्दै आएका थिए । बाटो कच्चि हुँदा सबै सवारी जान सक्दैन थिए । तर, अब तीन वर्ष भित्र यो समस्याबाट तीर्थयात्रीले मुक्ति पाउने भएका छन् ।

ताप्लेजुङको सुकेटार देखि पाथीभरा क्षेत्रको काफ्ले पाटी सम्म कालोपत्रे गर्न टेण्डर खुलेको छ । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कालोपत्रे गर्ने ठेक्का निकालेर पछि कालोपत्रे हुने अब निश्चित भएको हो ।

मन्त्रालयले यसका लागि ९५ करोडको ठेक्का निकालेको मन्त्री बसन्तकुमार नेम्वाङ्ले जानकारी दिए । उनका अनुसार कालोपत्रेको काम तीन वर्ष भित्रै सक्ने तयारी गरिएको छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको घर सुकेपोखरी छातेढुगा, ईवा, ह्वाकु, चोकपुर हुँदै जननेता मदन भण्डारीको जन्म घरसम्म जोड्ने सडक खण्ड कालो पत्रे गर्नका लागि ७० करोडको करोडको ठेक्का आह्वान भएको छ ।

यता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगत पर्यटन विभागमार्फत पाथिभरा क्षेत्रमा पाथीभरा क्षेत्रमा सतहल निर्माणको लागी दुई करोड तेतिस लाखको टेण्डर स्वीकृत भइ ठेक्का सम्झौता गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं