Lite Nepal

बुधबार, जेठ २६, २०७८

विराटनगर । प्रदेश नम्बर १ भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घलेलाई कोरोना संक्रमण भएको छ ।

उदयपुरको निर्वाचन क्षेत्र २ (ख) बाट निर्वाचित घलेलाई कोरोना संक्रमण भएको हो ।

उदयपुरको कटारी नगरपालिका– ४ कटारी बजारमा बस्दै आएकी राज्यमन्त्री घलेको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

अहिले सामान्य अवस्था रहेकी घले होम आइसोलेशनमा बस्दै आएकी छिन । राज्य मन्त्री घलेसँगै स्वकीय सचिव सञ्जिब कार्की, पीएसओ र सवारी चालक समेत कोरोनाबाट संक्रमित भएका छन् ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य भएकाले सबै होम आईसोलेसनमा बसेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं