Lite Nepal

बिहिबार, जेठ २७, २०७८

विराटनगर । कोरोना महामारीले पारेको असरलाई मध्यनजर राख्दै स्वास्थ्य क्षेत्र प्राथमिकतामा राख्दै प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

सरकारी अस्पतालको सुधार, हरेक तहमा स्वास्थ्यकेन्द्र र समयमा खोप सहितको कार्यक्रम समेटेको नीति तथा कार्यक्रम विहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले प्रदेशसभामा पेश गरेका हुन् ।

कोरोना भाइरस (कोभिड–१९)को असर सबैभन्दा बढी स्वास्थ्य, कृषि र रोजगारामा परेकोले ती क्षेत्र महत्वका साथ समेटिने उनले उल्लेख गरे । कृषकलाई दिईने विशेष राहत र त्यसपछि कृषि पेशामा लगानी गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

कोरोना भाइरस नियन्त्रण र आगामी समय देखिने महामारीसँग जुध्न प्रभावित क्षेत्र पहिचान गरी नीति तथा कार्यक्रम तयार पारिएको प्रमुख प्यासीले सदनमा जनाए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं