Lite Nepal

आइतबार, जेठ ३०, २०७८

पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा नम्वर ४ का ७५ वर्षे वृद्धको गएराति हत्या भएको छ ।

जोरसाल बजार सिरानमा घर भएका टेकबहादुर लिम्बूको गएराति अज्ञात समूहले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रहरीका अनुसार उनको टाउको र शरीरमा विभिन्न भागमा गम्भीर चोट लागेको छ । टेकबहादुरकी श्रीमती कालिमाया पक्षघात सहितको बिरामी रहेकाले घटना बारेमा बिहान मात्र जानकारी आएको बताइएको छ ।

प्रहरीका अनुसार त्यस घरमा टेककबहादुर र श्रीमती मात्र बस्ने गरेका थिए । उनका छोरा–बुहारी पहिलेबाट नै घर बाहिर बस्दै आएका छिमेकी बिनोद श्रेष्ठले बताए । श्रेष्ठका अनुसार टेकबहादुर सेवा निर्भीक इण्डियाका लाहुरे हुन् ।

घटना कसले र किन ग¥यो भन्ने केहि खुल्न सकेको छैन । प्रहरीले अहिले घर शिल्ड गरेर अनुसन्धान थालेको छ ।

संघीय प्रहरी कार्यालय धरानदेखि तालिमप्राप्त कुकुरसहितको अनुसन्धाका लागि खाटाइने जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डम्बर विश्वकर्माले बताए

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं