Lite Nepal

आइतबार, जेठ ३०, २०७८

काठमाडौं । एमाले नेता योगेश भट्टराईले नेताहरुको अहंकार र शक्तिको टकराबका कारण हरेक क्षेत्रको नेतृत्व खतरामा पर्दै गएको बताएका छन् ।

गण्डकी प्रदेशमा एमालेको सरकार विस्थापन भएर शनिबार काँग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेपछि नेता भट्टराईले फेसबुकमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै गण्डकीमा एमालेले सत्ता गुमाउनुको कारण नेताहरुको अहंकार र शक्तिको टकराब भएको उल्लेख गरे ।

उनले लेखेका छन्, ‘नेताहरुको अहंकार र शक्तिको टकरावमा कति पृथ्बी सुब्बाहरु पिल्सीनु पर्ने हो? ईन्द्रलाल सापकोटा र बिष्णु पन्थी जस्ता कतिले सत्ताको तिरस्कार सहनु र अग्नी परिक्षामा सामेल भईरहनु पर्ने हो ? सबै प्रदेशमा दलका काम कार्वाहीको पुनः संरचना गर्न ढिला नगरौं ।’

नेकपा खारेज भएसँगै गण्डकीमा एमालेको सरकार अल्पमतमा परेको थियो । तर, जनमोर्चाले समर्थन दिने भएपछि सरकार जोगिएको थियो । तर, एमालेको विवादका बीच जनमोर्चाले समर्थन फिर्ता लिएपछि एमाले गुरुङ अल्पमतमा परेका थिए ।

विहीबार प्रदेशसभामा निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत गुमाएका थिए । फेरि सरकार बनाउने उनको प्रयास सफल हुन सकेन । शनिबार काँग्रेसका कृष्णचन्द्र नेपालीको गण्डकीको दोस्रो मुख्यमन्त्री नियुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं