
ताप्लेजुङ । १४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सान्थाक्राका २५ वर्षिय धनबहादुर लुहारलाई पक्राउ गरेको छ ।
मेरिङ्देन गाउँपालिका २ सान्थाक्राका लुहारले गत जेठ १४ गते बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ताप्लेजुङ प्रहरीले पक्राउ गरेको हो ।
जाहेरीका आधारमा लुहारलाई आईतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरिक्षक कैलाश कुमार अधिकारीले जानकारी दिए ।
उनलाई प्रहरी चौकी सान्थाक्राका प्रहरी हवल्दार देवी खवासको टोलीले घरैबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।
लुहारलाई ताप्लेजुङ जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको प्रहरी निरिक्षक अधिकारीले जानकारी दिए ।
