उदयपुर । उदयपुर रौतामाई गाउँपालिका १ टाट्नेमा ट्याक्टरबाट लडेर सहचालकको मृत्यू भएको छ ।
मृत्यू हुनेमा रौतामाई ७ का ३२ बर्षीय तुल बहादुर केप्छाकी मगर रहेका छन् ।
हिजो दिउँसो १ बजे नेपाल टेलिकमको चित्रे टावरको सामान लिएर जाँदै गरेको स १ त ६८५८ नम्बरको ट्याक्टरबाट लडेर मगर घाईते भएका थिए ।
उनको बेलुका पौने ५ बजे जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्याक्टर चालक रौतामाई ७ का २५ बर्षीय चेतु दमाई र ट्याक्टर जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ ।