Lite Nepal

मंगलबार, आषाढ १५, २०७८

विराटनगर । प्रदेश १ को प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले दोस्रो दिन पनि प्रदेश सभा अवरुद्ध गरेको छ ।

भौतिक पुर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले प्रदेश सभामा आइतबार दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रका सोमबार पनि प्रदेश सभा अवरुद्ध गरेको थियो ।

भौतिक पुर्वाधार विकास तथा योजना मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल भइरहँदा मन्त्री अम्बीरबाबु गुरुङले जवाफ दिने क्रममा सदनमा असंवैधानिक, अमर्यादित, अनैतिक र गैरजिम्मेवारी रुपमा सांसदलाई गाली गलौज गर्दै सदनमा सम्बोधन गरेको आरोप माओवादीको छ ।

माओवादी केन्द्रले संसदलाई गाली गलौज गरेकाले आत्मालोचनासहित प्रदेश सभाको रोस्टमबाट माफी माग्नुपर्ने माग राख्दै आएको छ ।

मन्त्री गुरुङले प्रदेश सभामा बोलेको रेकर्ड हटाउनुपर्ने, बजेट पुनर्लेखन समिति बनेको छ भन्ने कुरा आएकाले असंवैधानिक काम रोक्नुपर्ने माओवादीले भन्दै आएको छ ।

मन्त्री गुरुङले बोलेका अभिव्यक्तिहरू रेकर्डबाट नहटाउँदा र रोस्टमबाट माफी नमागेसम्म सदन सञ्चालन हुन नदिने माओवादीले अडान लिएको छ ।

माओवादीको अवरोधका कारण मंगलबारको बैठक पनि स्थगित भएको छ । अर्को बैठक २० गतेलाई बोलाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा