कात्तिक वा मङ्सिरसम्ममा सङ्घ र प्रदेशको निर्वाचन : प्रमुख आयुक्त

काठमाडौं – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताउनुभएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको केन्द्रीयस्तरको समीक्षा कार्यक्रमको शुभारम्भका अवसरमा प्रमुख आयुक्त थपलियाले उक्त निर्वाचन गराउने दायित्व आयोगको रहेको र सोबारे निर्णय हुन बाँकी रहेको […]

मदनको ७१औँ जयन्ती : राष्ट्र निर्माणमा ‘जबज’ ले दिएको आधार

काठमाडौं – आकर्षक भाषणकलाका कारणले मात्रै होइन नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकीकरण गराउने वैचारिक अगुवाका रुपमा पनि जननेता मदनकुमार भण्डारीको योगदानलाई इतिहासले स्मरण गरिरहेको छ । तीक्ष्ण क्षमता र बहुमुखी प्रतिभाका धनी जननेता भण्डारीलाई नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवाद ९जबज० को प्रतिपादकका रुपमा नयाँ पुस्ताले सम्मानभाव व्यक्त गरेको छ । मौलिक […]

माधव नेपाललाई ११ बुँदा स्मरण गराउँदै योगेश भट्टराईले भन्नुभयो, ‘छुट्टिएकोमा कुनै पछुतो छैन’ (११ बुँदासहित)

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले ११ बुँदामा माधवकुमार नेपालसँगको सम्बन्धलाई स्मरण गरेका छन्। भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छुट्टिएको कुनै पछुतो नरहेको स्पष्ट पार्नुभएको छ । उहाँले आफू अन्ध समर्थक र अन्ध विरोधी नभई मार्क्सवादी चेत भएकाले सबैलाई मार्क्सवादी दृष्‍टिकोणबाट हेर्ने गरेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘म मार्क्सवादी चेत भएको मानिस हुँ। […]

मन्त्रिपरिषद् हेरफेर, को को बने मन्त्री ? (सूचीसहित)

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मन्त्रिपरिषद् हेरफेर र कार्यविभाजन गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रिपरिषद्को हेरफेर र कार्यविभाजन गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो । प्रधानमन्त्री, २० मन्त्री र तीन राज्यमन्त्री रहेका छन्। नवनियुक्त मन्त्रीको शपथ सोमबार बिहान ११ बजे हुने जानकारी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा। भेषराज अधिकारीले दिनुभयो […]

८० लाख विद्यार्थी पुस्तक अभावका कारण पढ्न पाउने अवसरबाट वञ्चित भए : योगेश भट्टराई

काठमाडौं – नेकपा एमालेका सांसद योगेश भट्टराईले पाठ्यपुस्तकको अभावमा ८० लाख विद्यार्थी पढ्न पाउने अवसरबाट वञ्चित भएको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समय लिएर बोल्दै उहाँले सामुदायिक विद्यालयमा पढ्ने माध्यमिक तहका ८० लाख विद्यार्थीको शैक्षिक भविष्य अन्योल भएको बताउनुभयो । शैक्षिकसत्र सुरु भएको एक महिना १३ दिन पुगे पनि सामुदायिक विद्यालयमा पढ्ने ७५ […]

पर्यटनमन्त्री आले विरुद्ध आचार अनुगमन समितिको कार्यालय सिंहदरबारमा उजुरी

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध आचार अनुगमन समितिको कार्यालय सिंहदरबारमा उजुरी परेको छ । अश्लिल शब्द प्रयोग गरिएका अडियोहरू एकपछि अर्को गरी सार्वजनिक भएपछि कानुन व्यवसायी किशोर पौडेल, अनुपम भट्टराई र कानुनका विद्यार्थी रेजिना पौडेयालले ‘प्रतिनिधिसभा सदस्यको आचारसंहिता उलंघन’ गरेको भन्दै आलेविरुद्ध उजुरी दिनुभएको हो । केही दिनअघि मन्त्री आलेले नेपाल […]

दुबईमा मेडिकल र नर्सिङ कलेज खोल्ने दुर्गा प्रसाईंको घोषणा

झापा – मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (दुबई) मा मेडिकल कलेज खोल्ने बताउनुभएको छ । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईंले दुबईमा ५ सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गर्नुभएको हो । ‘मलाई नेपालमा मेडिकल कलेज सञ्चालन गर्न दिएनन्,’ उहाँले […]

प्रधानमन्त्रीले संसदीय समितिलाई इग्नोर गर्न मिल्दैन : प्रदीप ज्ञवाली

काठमाडौं – नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले संसदीय समितिको बैठक बहिष्कार गर्न नमिल्ने बताउनुभएको छ । संसद्‌को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएपछि आइतबार ज्ञवालीले बैठकलाई इग्नोर गर्न नमिल्ने बताउनुभएको हो । ‘उहाँको समय अनुसार बैठक राख्न मिल्छ। तर इग्नोर गर्न मिल्दैन’, उहाँले भन्नुभयो,‘ भ्रमण तय भएको छैन भने पनि उहाँले […]

पूर्वमाओवादी एक ठाउँमा आउने वातावरण बन्दैछ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीहरु एक ठाउँमा आउने वातावरण बनेको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताउनुभएको हो । ‘एकता विभाजनको श्रृङ्खला पार गरेर यहाँ आइपुगेका छौं। माओवादी आन्दोलनभित्र पनि विभाजनको श्रृङ्खला र एकताको नयाँ प्रक्रिया हुँदै करिब करिब कस्तो ठाउँमा आइपुगेका […]

प्रधानमन्त्रीले छले संसदीय समिति पनि, देउवाविरुद्ध खेद प्रस्ताव पारित गर्न भिम रावलको माग

काठमाडौं – अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी)मा नेपालको संलग्नता सम्बन्धमा जानकारी दिन संसदीय समितिमा उपस्थित नभएको भन्दै सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध आक्रोश व्यक्त गर्नुभएको छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले देउवालाई बोलाए पनि अन्तिम समयमा बैठकमा आउन नसकिने जवाफ पठाउनुभएको थियो । आइतवार बसेको बैठकमा सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्रीले संसदीय समितिको अपमान गरेको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा