प्रदेश १ मा ल्याब थपिए, परीक्षण थपिएन

विराटनगर । प्रदेश १ मा पीसीआर परीक्षण मेसिनसहितको ल्याब पर्याप्त भए पनि परीक्षण दर भने क्षमताअनुसार बढेको छैन। यस्ता प्रयोगशाला ६ वटा छन्। ती ल्याबको परीक्षण क्षमता ३ हजार ९ सय ५० छ तर ५ वटामा दैनिक कोरोनाको स्वाब परीक्षण हुन्छ। एक हजार क्षमताको एउटा ल्याब सञ्चालन नहुँदासमेत दैनिक २ हजार ९ सय ५० वटा […]

नेकपा सचिवालय बैठक आज, मन्त्री हेरफेरको विषय छलफलको मुख्य एजेण्डा

काठमाडौँ । नेकपाको सचिवालय बैठक आज पेरिसडाँडामा बस्दैछ । यस अघि शुक्रबार संविधान दिवसको कार्यक्रममा व्यस्त हुनुपर्ने कारण देखाउँदै अन्तिम समयमा बैठक स्थगित गरिएको थियो । पूर्वमाओवादीको मुख्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा बस्ने गरी गत शुक्रबार नै बैठक बोलाईएको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि उनले पहिलो पटक आफ्नो पूर्वपार्टी […]

विश्वभर कोरोना : ३ करोड ९ लाखभन्दा बढीलाई संक्रमण

काठमाडौं । विश्वमा ३ करोड ९ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ९० हजार ३७४ जनामा संक्रमण पुष्टि भएको हो । यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ९ लाख ७५ हजार ७५३ पुगेको छ । यस्तै एकै दिन थप ५ हजार १३३ जनाको […]

प्रदेश १ मा कोरोना : ५९ संक्रमित थपिए, ७१ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज ५९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२, सुनसरीमा २२, झापामा ४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको रतुवामाईमा १० पुरुष, विराटनगरमा १ महिला ६ पुरुष, बुढीगंगामा ४ महिला १ पुरुष, कटहरीमा ३ महिला १ पुरुष, धनपालथानमा १ महिला २ […]

पत्रकार महासंघ प्रदेश १ को कार्यालय आफ्नै कार्यालय भवनमा

विराटनगर । नेपाल पत्रकार महासंघ १ नंबर प्रदेश समिति आफ्नै कार्यालय भवनमा सरको छ । विराटनगर ५ मा बन्दै गरेको भवनमा संविधान दिवसको अवसर पारेर शनिबार सरेको हो । प्रदेश सरकारको सहयोग तथा विराटनगर महानगर पालिकाले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरि कार्यालय सारिएको पत्रकार महासंघका अध्यक्ष बिक्रम लुईँटेलले बताए । चार तले भवन बनाउने […]

पाँच तस्विरमा हेरौँ काठमाडौमा मनाइएको संविधान दिवस (फोटो फिचर)

काठमाडौं । आज पाँचौँ संविधान दिवस मनाईएको छ । पाँच वर्ष अघि असोज ३ गते संविधान सभाबाट यो संविधान जारी भएको थियो । आज राजधानी काटमाडौंमा मनाइएको दिवसका अवसरमा लिईएको ५ तस्विर ।  

१६ घण्टामा ललितपुरमा चार कोरोना संक्रमितको मृत्यु

ललितपुर । १६ घण्टामा ललितपुरमा कोरोना संक्रमणले चार जनाको मृत्यु भएको छ। ललितपुरका विभिन्न अस्पतालमा कोरोना भाइरस संक्रमणबाट चार जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। कार्यालयका अनुसार पाटन अस्पतालमा भदौ २६ गते भर्ना भएका सर्लाहीका ६० वर्षीय पुरुष, भदौ २० गते भर्ना भएकी ललितपुरकी ७५ वर्षीया महिला, भदौ २५ गते भर्ना भएकी ललितपुरकी […]

सिक्किमका मन्त्रीहरु र विधायकमा कोरोना संक्रमण, विधानसभा अनिश्चित

विराटनगर । सिक्किमका तीन मन्त्री र दुई विधायक कोरोना संक्रमण देखिएको छ। कृषि मन्त्री एलएन शर्मा, वन मन्त्री कर्मा लोडे भोटिया र ऊर्जा मन्त्री एमएन शेर्पाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको हो। त्यसैगरी विधायकद्वय फरवन्ती तामाङ र टीटी भोटिया पनि कोरोना संक्रमित रहेको पुष्टि भएको छ। तामाङ दक्षिण सिक्किमअन्तर्गत मल्ली क्षेत्रकी विधायिका हुन् भने भोटिया […]

बेलबारीको डाँगीहाटमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

विराटनगर । मोरङको डाँगीहाटमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार विहान बेलबारी नगरपालिका–१० डाँगीहाटमा मोटरसाइकलको ठक्करबाट मृत्यू हुने व्यक्ति बेलबारी–१० का ५० वर्षीय शम्भु दाहाल रहेको बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । उनलाई को १७ प ८५३१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । साइकलमा पूर्वतर्फ जाँदै गरेका दाहाल १० बजेतिर […]

पहाडमा एम्बुलेन्स नहुँदा स्ट्रेचर र डोकोको भर

विराटनगर । प्रदेश १ का तराईका जिल्लामा भन्दा पनि पहाडी जिल्लामा एम्बुलेन्सको भरनै छैन । भएका एम्बुलेन्स पनि समयमा नपुग्ने र भौगोलीक अवस्थाका कारण सबै स्थानमा सडकमार्ग नहुँदा पहाडी जिल्लामा एम्बुलेन्सको काम स्ट्रेचर र ट्रयाक्टरले गर्नुपर्छ । भोजपुर जिल्लाको दुर्गम मानिने उत्तरी साल्पासिलिछो गाउँपालिका, षडानन्द नगरपालिका रामप्रसाद राई गाउँपालिकामा एम्बुलेन्स छैन । एम्बुलेन्स नहुँदा धेरैजसो […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं