रास्वपाको महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । रास्वपाले असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने भएको हो । रास्वपा नेता गणेश पराजुलीले सामाजिक सञ्जालमा लेख्दै प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन चितवनमा हुने जानकारी दिएका छन् । आगामी महाधिवेशन र विविध एजेण्डामा छलफल गर्न पार्टी कार्यालय वनस्थलीमा […]

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेले आज पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक आह्वान गरेका हुन् । बिहान ९ बजे बस्नेगरी बोलाइएको बैठकमा प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धमा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपाले आगामी भदौ वा असोजमा पहिलो महाधिवेशन गर्ने […]

प्रतिनिधि सभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिँदै

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने […]

प्रधानमन्त्रीकाे स्वास्थ्य परीक्षण गरेर जानकारी गराइयोस् : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छिटोभन्दा छिटो प्रधानमन्त्री बालेन शाहको स्वास्थ्य परीक्षण गरेर संसद्लाई जानकारी गराउन माग गरेको छ । पार्टीको तर्फबाट मंगलबार प्रतिनिधि सभा बैठकमा धारणा राख्दै संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले यस्तो माग गरेका हुन् । हिजो (सोमबार) प्रतिनिधि सभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारकै नीति तथा कार्यक्रम […]

बालेन शाहको उदय क्रान्तिको जित हाे : प्रचण्ड

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले क्रान्तिका उपलब्धिमाथि गर्व गर्ने समाजमा नै केही पात्रहरू अझै क्रान्तिको अपराधीकरणमा लागेको आरोप लगाएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान प्रधानमन्त्रीसहितलाई काठमाडौंको मेयर निर्वाचन हुँदा आफूले गणतन्त्रको फूल भनेको बताए । ‘मैले तपाईंहरूलाई गणतन्त्रका फूल भनेको थिएँ। शान्तिप्रक्रियाको पूर्णता अब मेरोभन्दा पनि तपाईंहरूको जिम्मेवारी […]

सरकारप्रति आशङ्का, राजनीतिक नियुक्ति लिएका केही मात्र पदमुक्त

काठमाडौं । मौजुदा सरकार गठन हुनुभन्दा अगाडी राजनीतिक नियुक्ति लिएका विभिन्न सार्वजनिक निकायहरूका पदाधिकारीहरूलाई पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ मार्फत पदमुक्त गरे पनि कतिपय निकायका पदाधिकारी अझै पदमुक्त भएका छैनन् ।  एउटै ऐन वा नियमावलीमार्फत नियुक्त भएका कसैलाई पदमुक्त गर्ने र कसैलाई जोगाउने दोहोरो मापदण्डका कारण सरकारको नियतप्रति आशङ्का सुरु भएको छ ।  विगतमा राजनीतिक […]

आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदै

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आजदेखि शुरु हुने भएको छ। मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरेका हुन् । आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सुरु हुनुका साथै सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न संयुक्त सदनको बैठक पनि बस्नेछ। सरकारका तर्फबाट राष्ट्रपति पौडेलले अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् […]

देशभरका सरकारी कार्यालयमा आजदेखि ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु

काठमाडौं । सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका लागि आजदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन सुरु हुँदैछ । सरकारले आजदेखि जेठ १ गतेसम्म संघ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाइ सप्ताह सुरु गर्न थालेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई […]

तिनजुरेमा समन्वय समितिका प्रमुखहरू, पर्यटन प्रवर्द्धनका विषयमा छलफलको तयारी

काठमाडौं । ‘तिनजुरे मिल्के, जलजले क्षेत्रको विकासमा सरोकारवालाहरूको हात, पर्या–पर्यटन विकास र समृद्धिमा सबैको साथ,’ भन्ने नाराका साथ तेह्रथुमको वसन्तपुरमा दुई दिने कार्यक्रम सञ्चालन हुने भएको छ । नव–वर्षको शुभकामना आदान–प्रदान तथा प्राकृतिक सम्पदा गुराँस, याक, चौरी र गुफापोखरीको अवलोकन र छलफलसहितका विभिन्न खेलकुद समेटिएका कार्यक्रम सोमबार र मंगलबार दुई दिन सम्म सञ्चालन हुने आयोजकले […]

रास्वपा सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ । बैठक आज साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । बैठकमा भेला, अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन तथा जिल्ला समिति विघटन गर्नेबारे छलफल र आवश्यक निर्णय हुने बताइएको छ । त्यस्तै अनुसन्धानात्मक कारबाही सम्बन्धमा र केन्द्रीय समिति बैठक […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं