तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन जिम्मा विदेशीलाई दिने प्रधानमन्त्रीको संकेत

काठमाडौं‌ – प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकका तीनवटै अन्तरराष्ट्रिय विमानस्थल सञ्‍चालन जिम्मा विदेशी कम्पनीलाई जिम्मा लगाउने सङ्केत दिएका छन्‌ । प्रतिनिधि सभामा जारी ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम’मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालनबारे सोधिएको प्रश्नको जवाफ दिँदै दाहालले तीनवटै विमानस्थल सञ्‍चालन जिम्मा विदेशी कम्पनीलाई दिनेबारे छलफल भइरहेको जानकारी दिएका हुन्‌ । ‘आज बिहान मात्रै पनि मैले सम्बन्धित मन्त्रालयसँग […]

काठमाडौं महानगरका विभागीय प्रमुखको गाडी बरामद

काठमाडौं– काठमाडौं महानगरपालिकाले एक विभागीय प्रमुखले लामो समयदेखि दुरुपयोग गर्दै आएको गाडी बरामद गरेको छ । महानगरपालिकाले ईयूले अनुदानमा दिएको ‘बि एए ४८२०’ नम्बर प्लेटको मारुती सुजुकी कार कार्यालय समयमा बालाजुस्थित निवासबाट बरामद गरेको हो । उक्त गाडी लामो समयदेखि महानगरका एक १० औँ तहका विभागीय प्रमुखको जिम्मा थियो । ती विभागीय प्रमुख महानगरबाट फोटोन […]

उद्घाटन नहुँदै भासिएको कमला पुल अलपत्र, सर्वसाधारणलाई सास्ती

गोदार– धनुषा र सिरहालाई जोड्ने कमला पुल यस वर्ष पनि नबन्ने भएको छ । निर्माण सम्पन्न भएर उद्घाटन हुनुअगावै भासिएको उक्त पुल तीन वर्ष बितिसक्दा पनि निर्माण हुनसकेको छैन । गत चैत १८ गते पुलको निरीक्षण गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ठेकेदारलाई असार १५ गतेसम्म पुल निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए । […]

सामाजिक सांस्कृतिक ऐक्यबद्धताको संरक्षण गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान विपरित धार्मिक तथा सामाजिक सदभाव बिगार्ने र साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रणका लागि जस्तो सुकै उपाय अपनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले धार्मिक गतिविधिका नाममा साम्प्रदायिकता फैलाउन खोज्ने व्यक्ति तथा समूहलाई प्रचलित कानुन बमोजिम कानुनी कारबाही हुने स्पष्ट पारे । […]

सबै नागरिकमा स्वास्थ्य सेवा पुर्‍याउन सरकारले काम गरिरहेको छ : स्वास्थ्यमन्त्री यादव

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले संविधानले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रुपमा स्थापित गरेकाले त्यसको कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०८१ अन्तर्गत स्वास्थ्य मन्त्रालयका विनियोजित शीर्षकबारे छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले आधारभूत स्वास्थ्य सेवा र विशिष्टिकृत सेवा सबल बनाउन मन्त्रालयले दत्तचित्त भएर काम गरिरहेको […]

बीएन्डसीले लाइसेन्स पाएपछि प्रधानमन्त्रीदेखि न्यायाधीशविरुद्ध खनिए केसी

काठमाडौं- दुर्गा प्रसाईं सञ्चालक रहेको झापास्थित बीएन्डसी मेडिकल कलेजलाई सर्वोच्च अदालतको फैसलाअनुसार चिकित्सा शिक्षा आयोगले सम्बन्धन दिएपछि प्रा.डा. गोविन्द केसी आक्रोशित भएका छन् । बिहीबार एक वक्तव्य निकाल्दै दुई दिनअघि बीएन्डसीलाई सम्बन्धन दिने आयोगको निर्णयप्रति केसीले आक्रोश पोखेका हुन् । उनले दुर्गा प्रसाईंलाई अराजक र उछृंखल मेडिकल व्यसायीको संज्ञा दिँदै चिकित्सा शिक्षा ऐनको ठाडो उल्लंघन […]

सर्पदंशको निःशुल्क उपचार

महोत्तरी– महोत्तरीको बर्दिवास नगरपालिका–३ मा शर्पदंशको नि:शुल्क उपचार गरिने भएको छ । सर्पले डसेमा वडा नम्बर ३ का नागरिकको निःशुल्क उपचार गरिने वडाध्यक्ष विराट विष्टले बताए। सोमबार गौरिडाँडास्थित सर्पदंश उपचार केन्द्रमा आयोजित एक कार्यक्रममा बोल्दै वडाध्यक्ष विष्टले पैसा अभावमा कोही नगरवासी उपचारबाट वाञ्चित हुन नपर्ने बताए । कार्यक्रममा प्रारम्भिक चरणमा ३० हजार बराबरको औषधि र […]

श्रीमतीको हत्या गरेको आरोपमा युवक पक्राउ

रौतहट । श्रीमतीको हत्या आरोपमा प्रहरीले रौतहटको राजपुर नगरपालिका–५ का मसुद आलमलाई पक्राउ गरेको छ । उनकी पत्नी ३७ वर्षकी नजाबुन नेसाको ३२ जेठमा हत्या भएको थियो । ‘अनुसन्धानका क्रममा मृतक महिलालाई उनकै श्रीमान मसुद आलमले घाटी थिची मारेको हो भन्ने खुलेको छ’, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले भने, ‘मसुदले श्रीमतीको घाटी […]

औद्योगिक क्रान्तिमा परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशहरूको विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न आग्रह गरेका छन् । काठमाडौंमा आजदेखि सुरु भएको विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडीए)को परिपूरण बैठक (आइडा–२१) बैठकको उद्घाटन गर्दै उनले विकासमा चुनौती खेपिरहेका देशहरूलाई सहुलियतपूर्ण वित्तीय सहयोग गरेर विकासको गतिमा […]

निर्जला एकादशी : घर–घरमा ‘तुलसीको दल’ राखियो

काठमाडौं– वैदिक सनातन धर्मावलम्बीले घर–घरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको दल राखी आज निर्जला एकादशी पर्व मनाएका छन् । आज दल राखिएको तुलसी एक महिनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिन्छ । यस वर्ष साउन २ गते बुधबार तुलसी रोप्ने हरिशयनी एकादशी पर्व परेको छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा